झापाको दमक स्थित मुख्य बजारमा लामो प्रयासपछि बनेको नमूना मार्गमा सवारी साधन निषेध गरेपछि यसले तनाव उत्पन्न भएको छ ।
ब्यापारीहरुले यहाँ मोटरसाइकल र सिटि सफारीको प्रवेस समेत रोकिएकाले ब्यापार चौपट भएको भन्दै बिरोध जनाएपछि तनाव सिर्जना भएको हो ।

ब्यपारीहरुले चाडपर्वभरीको समयमा मोटरसाइकल र सिटि सञ्चालन गर्न दिए त्यसपछि भने आफूहरु पनि सहयोग गर्न तयार रहेको भन्दै निर्माण उपभोक्ता समिति र नगरपालिकालाइ उक्त सडकमा हलुका सवारी साधन प्रवेसका वातवरण बनाइदिन आग्रह गरिरहेकाछन् ।
एकातिर बजारमा घिमिरे मार्केट तथा मिशाल बजार अगाडिको सडकलाइ सवारी साधन पार्क गर्ने ठाँउ बनाइएको र अर्कातिर नमूनामार्गमा कुनै पनि सवारी साधन चलाउन नदिइएकाले यहाँका सयौ पसलहरु ताल्चा लगाउनु पर्ने अवस्था आएको भन्दै ब्यापारीहरुले यो अवस्थाबाट मुक्ति दिलाउन हारगुहार गर्दै आएकाछन् ।
दमक उद्योग बाणिज्यका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाका अनुसार बाणिज्य संघमा भएको छलफलमा तत्कालका लागि मोटरसाइकल, स्कुटर र सिटि सफारी सञ्चालन गर्न छलफल भइरहेको छ ।
निर्माण उपभोक्ता समितिका सदस्य देउकमार नेम्बाङका अनुसार अहिले बजार निर्माण कार्यहरु सम्पन्न नभई सकेको हुनाले आउदो छठ पर्व सम्मको लागि चाहिँ खुल्ला गर्नेकी भन्ने सम्मको छलफल भएको हो । नगरपालिका, मिर्नाण उपभोक्ता समिति र बाणिज्य संघ बसेर यस बिषयमा निधो गर्ने उनले बताए ।



