काठमाडौं । अमेरिकन ग्रिनकार्ड लोटरी डिभी चिठ्ठाको नयाँ आवेदन यही असोज १७ गतेदेखि खुल्ने भएको छ । इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्नेबारे अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरी जानकारी दिएको हो । अब डिभी चिड्ड नखोल्ने भनिएपछि अहिलेलाई एकपटक डिभी लोटरी खोल्ने निर्णय गरिएको हो ।

सूचनामा यो डिभी अन्तिम पटक खोल्न लागिएको बताइएको छ । अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो । दूतावासका अनुसार डिभी चिठ्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ ।

करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिठ्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ। सन् २०१८ को डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्न सक्नेछन् ।

यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनीति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधि एक वर्ष लम्बिएको हो ।

आउँदो आर्थिक वर्षमा यदि विधेयक पारिद भएमा डिभी बन्द हुनेछ । भर्नको लागि www.dvlottery.state.gov मा गएर नियमानुसार आवेदन दिन सकिनेछ । तर यो साईटमा डिभी फारम डिभी खेलेपछि मात्र देखिनेछ ।

डिसी नेपालको सहयोगमा