झापाको दमकमा तास खेल्दै गरेको अवस्थामा फेरी १२ जना पक्राउ परेकाछन् । इलाका प्रहरी कार्यालय दमकले केहि नगद् सहित तासा खेल्दै गरेको अवस्थामा गाृेपाल खड्काको घरबाट घरधनी सहित १२ जनालाइ पक्राउ गरेको जनाएको ।
दमक १ स्थित खडकाको घरबाट पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले धोरै रकम सहित तास खेल्दै गरेको अवस्थामा पक्राउ परेको बताउदै नाम सार्वजनिक नगरिएको जनाए । को को पक्राउ परे भन्ने बिषयमा प्रहरीले खुलाउन चाहेको छैन ।



