हेलसिन्की— सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ।  फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्। उनले पत्रमा भनेकी छन्, ‘हामीले गरेका निर्णय सँधै सही हुन्छ भन्ने छैन र यसका लागि हामी माफी माग्न चहान्छौँ ।

सन् १९७२ को भियतनाम युद्धको क्रममा लिइएको एक बालिकाको तस्बिरलाई फेसबुकले आफ्नो आचारसंहिता विपरीत भएको र यसले अश्लिलतालाई प्रोत्साहन दिएको भन्दैे गत शुक्रबार आफ्नो पेजबाट हटाएको थियो। उक्त तस्बिरमा एक बालिका विना कपडा युद्धबाट बच्नका लागि रुँदै कराउँदै भाग्दै गरेको देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेसबुकको यस कदमपछि नर्वेमा विरोध प्रर्दशन भएको थियो । उक्त विरोध प्रर्दशनपछि फेसबुकले उक्त तस्बिर पुनः आफ्नो पेजमा राखेको थियो। सो पत्रमा फेसबुकले कहिलेकाँही आफ्नो नियमका कारण ऐतिहासिक तस्बिर पनि हटाउनु पर्ने बाध्यता रहेको र सोही नियमका कारण भियतनाम युद्धको तस्बिर हटाइएको बताउँदै यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेको उल्लेख गरिएको छ।