झापा दमकको मुख्य बजारमा निर्माणको काम अन्तिम चरणमा पुगेको नमुना मार्गमा कुनै पनि प्रकारका सवारी साधन चल्न नदिने निर्णयले आफूहरुको ब्यापार ब्यवसाय ठप्प बनेको भन्दै स्थानीय ब्यापारीहरुले बिरोध जनाएपछि चाडपर्वको समयका लागि भन्दै उक्त नमूना मार्गमा मोटरसाइकल र सिटी सफारी सञ्चालन गर्न दिने सहमति भएको छ ।

दमक उद्योग बाणिज्य संघ, दमक नगरपालिका र निर्माण उपभोक्ता समितिबीच दमक नगरपालिकामा भएको छलफलपछि दशैतिहार र छैठ पर्वसम्म नमूना मार्गमा मोटरसाइकल र सिटी सफारी सञ्चालन गर्न दिइने सहमति बनेको हो ।

यहाँ रहेका ४ सयभन्दा बढि पसलहरुले दमक उद्योग बाणिज्य संघसंग समस्या सामधानका लागि गुहार मागेका थिए । नमूना मार्ग प्रवेस गर्ने घिमिरे मार्केट र मिशाल बजार अगाडिको सडकलाइ पार्किङ स्थल बनाईएको भन्दै यसको पनि ब्यवसायीहरुले बिरोध जनाएका थिए ।

सडकलाइ पार्किङस्थल बनाएको समचार प्रकाशन भएपछि प्रहरीले तत्काल यसलाइ हटाउन निर्देशन दिएको थियो । एम्बुलेन्स तथा दमकल समेत आवतजावत हुन नसक्ने गरी पार्किङ गरिएको भन्दै प्रहरीले आपत्ती जनाएपछि मंगलवार बिहानैदेखि उक्त पार्किङस्थल पनि हटाईएको छ ।

दमक उद्योग बाणिज्य संघका द्वितिय अध्यक्ष युवराज घिमिरेका अनुसार ब्यापारीहरुको पीरमार्का बुझेर आफूहरुले यस बिषयमा सरोकारवालाहरुसंग छलफल अगाडि बढाइएको थियो । नमूना मार्गमा चाडपर्वको समयमा साना सवारी साधन सञ्चालनमा अनुमति दिने र उचित स्थानमा पार्किङस्थल खोज्ने सहमति भएको घिमिरेको भनाइ छ ।

दमकमा पूर्वमा नै पहिलोपटक करिब ३ सय मिटर लामो पर्यटकीय महत्वको नमूना मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसलाइ भारतको सिक्किमस्थित एमजि मार्गको अवधारणा अनुसार नै अघि बढाइएको छ । यहाँ मोटरसाइकल, साइकल देखि लिएर कुनै पनि सवारी साधन कुदाउन नपाउने निर्माण उपभोक्ता समितिले जनाउदै आएको छ ।

वडा नंं. ६ मुख्य बजारमा नै यो नमूना मार्ग बनेको हो । वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले यो सडकमा चाडपर्वपछि सवारी साधन सञ्चालनमा पूर्ण रुपमा नै बन्देज लगाइने जनाउनु भयो । अहिले पुरै काम भइनसकेको भएकाले ब्यापारीहरुको आग्रहबमोजिम केहि समयलाइ साना सवारी साधन अर्थात मोटरसाइकल र सिटि सफारीलाइमात्र प्रवेसका लागि अनुमति रहेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah