प्रदेशसभाका लागि छुट्टाछुट्टै घोषणापत्र मात्रै होइन, चुनाव अगाडि नै भावी मुख्यमन्त्री घोषणा गरी उसैको कमान्डमा चुनावमा जाने तयारी प्रमुख दलहरूको छ । नेकपा एमालेले भावी मुख्यमन्त्रीका लागि विभिन्न नामहरूमा जोडघटाउ गरिरहेको छ । नेपाली कांग्रेसभित्र पनि भावी मुख्यमन्त्रीका लागि अनौपचारिक छलफल भइरहेको छ । नेपाली कांग्रेसले कसलाई अघि सार्छ ? त्यहीअनुसार पत्ता फाल्ने रणनीतिमा एमाले छ ।तरुणखबरले लेखेको छ । प्रदेश १ मा कांग्रेसले डा.शेखर कोइरालालाई अघि बढायो भने योगेश भट्टराईलाई अघि बढाउने र भीष्म आङदेम्वेलाई अघि बढायो भने शेरधन राईलाई अघि बढाउने रणनीति एमालेको छ । प्रदेश १ मा राई लिम्बूबाटै मुख्यमन्त्री बनाउनुपर्ने सुझाव पनि जनजातिका तर्फबाट सबै दलमा पुगेको छ । प्रदेश २ मा नेपाली कांग्रेसले चित्रलेखा यादवलाई अघि सा¥यो भने एमालेले रघुवीर महासेठलाई अघि सार्ने सम्भावना छ । त्यसो त नेपाली कांग्रेसका तर्फबाट पद्मनारायाण चौधरी, राधेचन्द्र यादव, फरमुल्लाह मन्सुर, महेन्द्र यादवको पनि नाम चर्चामा छ । प्रदेश २ मा यादवको जनसंख्या अत्यधिक रहे पनि यादव समुदायबाट पार्टीमा प्रभावशाली नेता नभएकाले एमाले संकटमा परेको छ । एमालेले सत्यनारायण मण्डल, नागेन्द्र चौधरीलगायतको नाम चर्चामा ल्याएको छ । माओवादी केन्द्रले मातृका यादव, प्रभु साह र विश्वनाथ साहमध्ये एकलाई अघि सार्ने तयरी गरेको छ । प्रदेश ३ मा नेपाली कांग्रेसका तर्फबाट बौद्धिक नेता डा.प्रकाशशरण महत र नवीन्द्रराज जोशीमध्ये एकजनालाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिने सम्भावना छ । कांग्रेसले जोशीलाई अघि सारे एमालेले अष्टलक्ष्मी शाक्य र कृष्णगोपाल श्रेष्ठमध्ये एकजनालाई अघि सार्ने र कांग्रेसले डा.महतलाई अघि सारे सुरेन्द्र पाण्डेलाई अघि सार्ने बुझिएको छ । त्यसो त तामाङ जातिको सेन्टिमेन्टलाई उपयोग गर्न शेरबहादुर तामाङलाई अघि सार्ने चर्चा पनि एमालेभित्र छ । प्रदेश ४ मा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसमा दिग्गज नेताहरू छन् । नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाटमध्येबाटै मुख्यमन्त्री बनाउने सम्भावनालाई मध्यनजर राख्दै एमालेले आफ्नो रणनीति बनाइरहेको छ । प्रदेश ४ मा नेपाली कांग्रेसको एकलौटी बहुमत आउने सम्भावना भएका कारण पाँच वर्ष मुख्यमन्त्री बन्ने ग्यारेन्टी जस्तै भएकाले भित्री खेलकुद पनि त्यति नै देखिएको छ । नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई अघि सा¥यो भने एमालेले जनजाति समुदायकै नेता पृथ्वी सुब्बा गुरुङको नाम अघि सार्ने सम्भावना छ । नेपाली कांग्रेसले तारानाथ रानभाटको नाम अघि सा¥यो भने एमालेले पोखराकै जल्दाबल्दा युवा नेता रवीन्द्र अधिकारीलाई अघि सार्ने सम्भावना छ । प्रदेश ५ थारु जाति र इस्लाम धर्मावलम्बीहरूको सेन्टिमेन्ट जोडिएको प्रदेश हो । यद्यपि यो प्रदेशमा मधेसी तथा पहाडिया समुदायको वर्चश्व पनि थारु र मुस्लिमको भन्दा कम नभएका कारण नेपाली कांग्रेसले सघन रूपमा गृहकार्य अघि बढाएको छ । सातजना मुख्यमन्त्री बनाउँदा जातीय र लैंगिक सन्तुलन पनि मिलाउनुपर्ने हुन्छ । प्रदेश २ मा पद्मनारण चौधरीले मौका पाएनन् भने प्रदेश ५ मा डिल्ली चौधरी र पावर्ती डिसी चौधरीमध्ये एकको भाग्य खुल्ने अवस्था छ । प्रदेश २ मा फरमुल्लाह मन्सुरले मौका पाएनन् भने प्रदेश ५ मा अब्दुल राज्जाक गद्दीको भाग्य खुल्ने सम्भावना पनि त्यति नै छ । प्रदेश २ मा चित्रलेखा यादवले मौका पाइनन् भने प्रदेश ५ मा पुष्पा भुसालको भाग्य खुल्ने सम्भावना पनि त्यतिकै छ । त्यसो त हेभीवेट दीपकुमार उपाध्याय, बालकृष्ण खाँण र चन्द्र भण्डारीको नाम पनि चर्चामा छ । एमालेका तर्फबाट हेभीवेट धेरै छन्, तर मधेसी, थारु, महिला तथा मुस्लिम समुदायको खडेरी छ । एमालेले विष्णु पौडेल, प्रदीप ज्ञावली, गोकर्ण विष्टमध्येबाटै एकलाई अगाडि बढाउने सम्भावना छ । माओवादी भने जोडघटाउ गर्दैछ । प्रदेश ६ लाई माओवादीले पनि आशा गरेको छ । अन्य प्रदेशमा अरु पार्टीलाई सहयोग गरेर प्रदेश ६ को मुख्यमन्त्री आफूले लिने तयारी माओवादीको छ । नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीको नाम चर्चामा छ । एमालेबाट यमलाल कँडेल र गोरखबहादुर वीसीको नाम चर्चामा छ । प्रदेश ७ मा एमालेले भीम रावलको नाम अघि सारिसकेको छ । तर नेपाली कांग्रेसभित्र भने खासै चर्चा सुनिएको छैन । भीम रावलको काउन्टरका लागि एनपी साउद र दीलेन्द्रप्रसाद बडूमध्ये एकजना उपयुक्त हुनसक्ने कांग्रेसका स्थानीय कार्यकर्ताको भनाइ छ ।
बिश्वप्रकाश शर्मा, गगन थापाहरुलाइ आउट गर्दै मुख्यमन्त्रीमा काँग्रेसबाट अरुको चर्चा
सवाल नेपालसंवाददाताशुक्रबार, ५ असोज २०७४

बिश्वप्रकाश शर्मा, गगन थापाहरुलाइ आउट गर्दै मुख्यमन्त्रीमा काँग्रेसबाट अरुको चर्चा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



