झापा दमकका बिभिन्न धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरुले चाडपर्व तथा संस्कारको नाममा पशुबलि दिने प्रथालाइ रोक्नलाइ माग गरेकाछन् । पशुबलि पनि एउटा हिँसाको रुपमा भएको भन्दै उनिहरुले बलिप्रथा रोकेर सभ्यसमाज र हिँसा रहित समाज बनाउनका लागि सबैसंग आह्वान समेत गरेकाछन् ।

शुक्रबार राधा माधव समिति दमकको कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरिएको हो । ‘संसारका सम्पूर्ण प्राणीलाइ बाँच्न पाउने वातवरण बनाऔ, शाकाहारी भोजन गरौ र दीर्घायु जिबन यापन गरौ’ भन्ने मूल उदेश्यका साथ श्र्री कृष्ण रथयात्रा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बिभिन्न धार्मिक तथा आध्यात्मिक संघसंस्थाका प्रतिनिधिहरुले बलिप्रथालाइ रोक्नका लागि सबैको प्रयास र एकता जरुरी रहेको बताएका थिए ।

बलि लिएर भगवान खुसि नहुने भन्दै यसको बिरोध भएको थियो । राधामाधव समिति दमक, स्वर्गिक मार्ग नेपाल, किरात साहित्य उत्थान संघ, श्री कृष्ण प्रणामी मन्दिर दमक, श्री सत्य साइकेन्द्र दमक लगायतका धार्मिक संघसस्थाहरुले यस बिरुद्ध बर्षेनी दमकमा बलिप्रथा बिरुद्ध अभियान चलाउदै आएकाछन् ।

धार्मिक गुरु चक्रपाणि गौतम, हरीप्रसाद अर्याल, श्री कृष्ण रथयात्रा समितिका कोषाध्यक्ष रोहित आचार्य, बलिप्रथा बिरुद्धका अभियानकर्मी प्रेम भट्टराइ, मेहेरमान लिङदेन, रामप्रसाद चाम्लिङ, नबिन श्रेष्ठ लगायतले पशुबलि रोक्नु पर्ने बताएका थिए ।

समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण श्रेष्ठले मठ मन्दिरमा पशुपंक्षीको बली अन्त्य गरौ भन्ने कुरा पहिला परिवारबाट शुरु गर्नुपर्ने भन्दै यस्तो सन्देश घरभित्र दिन सकेमात्र समाजमा फैलाउन सकिने बताए । उनले असोज ९ गते बिहान पशु अधिकारको पक्षमा प्लेकार्डसहित दमकचोक छेउमा रहेको राधा माधव समितिमा भेला भई सचेतना अभियान र्याली गर्नेसमेत श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah