के बि महरा-कन्चनपुर,
आपुर्ती मन्त्री कर्णबहादुर बि क ले चाडबाडको मौकामा बढ्दो ठगी तथा कालोबजारी लाई मध्यनजर राखी कन्चनपुरको महेन्द्रनगर बजार अनुगमन गर्नुभएको छ।विभिन्न जिल्लाहरुको बजार अनुगमनका लागि निस्कनु भएका मन्त्री बिक सहितको टोलिले पहिलो चरणमा महेन्द्रनगर बजार अनुगमन गरेको हो।
अनुगमनका क्रममा बजारका अधिकांस खाध्य पसल,कपडा तथा किरानाहरुमा अनुगमन गरिएको थियो।त्यस्तै मिठाइजन्य पसल,सुनचाँदि पसल तथा पेट्रोल पम्पहरुको समेत अनुगमन गर्नुभयो।
अनुगमनका क्रममा म्याद नाघेका अखाद्ध वस्तु,लेबल नलाइ बिक्रीमा राखिएका वस्तुहरु,मापन कम भएका वस्तुहरु बिक्रीमा राखिएको पाईएको छ।उक्त क्रममा नेपाल युनिलिभरको शुभलाभ ट्रेड एण्ड सप्लायर्सको गोदामबाट म्याद नाघेका साबुन,स्याम्पु लगायत कस्मेटिक प्रयोगका सामानहरु बिक्रीकालागी तैयारी अवस्थामा राखिएको भेटिएकाले उक्त गोदाम सिल गरिएको छ,आपुर्ती राज्यमन्त्री बिकले जानकारी दिनुभयो।
चाडवाडका मुखैमा गरिने यस्ताखाले बजार अनुगमनले केहिमात्रामा सजग गराएतापनी खासै प्रभाव पार्दैन।बरु बजार अनुगमन प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिईनु पर्दछ।



