झापा दमक चोकमा आधा दशकभन्दा अघि देखि ल्यापटप र कम्यूटरको क्षेत्रमा आफ्नो भिन्न पहिचान बनाएका दूइ दाजुभाइ ब्यवसायी नेत्र र रमेश लुइटेलले सञ्चालन गरेको नेशनल कम्यूटर दमकले दशैतिहारको अवसरमा ग्राहकलाइ लक्षित गरेर नयाँ धमाका ल्याएको छ ।
एक्सचेन्ज अवसरदेखि लिएर नयाँ ब्राण्डका बिभिन्न ल्यापटप लगायतका सामाग्रिहरु किन्दा २० प्रतिशतसम्म छूटको ब्यवस्था गरिएको नेश्नल कम्यूटर दमकका प्रोपाइटर रमेश लुइटेलले बताए । उनका अनुसार शनिबारदेखि शुरु भएको डेल, एसर, लेनेभो मेला ३ दिनसम्म चल्ने जनाईएको छ ।
अर्का प्रोपाइटर नेत्र लुइटेलका अनुसार सस्तो मूल्यमा गुणस्तरीय ब्राण्डका ल्यापटपहरु पाउने यो उपयुक्त अवसर हो । शनिबारदेखि शुरु भएको यो अवसर सोमबारसम्म चल्ने छ ।



