हार्दिक अनुरोध:
मेरा पत्रकार मित्र, वकिल मित्र, इन्जिनियर मित्र, कर्मचारी मित्र, व्यापारी मित्र, मानवअधिकारकर्मी मित्र, शिक्षक मित्र लगायत सम्पुर्ण पेशाकर्मी मित्र तथा सबै साथी भाइ ईष्ट मित्रमा सादर नमस्कार।
मलाई भन्न लाज छैन कि तपाईहरुको काम/पेशा/समस्या/दुख आदि बारे म पुर्ण जानकार छैन। तपाईको पेशाका अनेक आयाम बारे बुझ्नै खोजे पनि सबै एकै निमेषमा बुझ्न सक्ने ज्ञानी पनि म हैन। तसर्थ म तपाईका पेशामा आउने अनेक उतार-चढाव/ कृया-अन्तर्कृया बारे तुरुन्तै आफ्नो सतही विचार राख्दिन किनकी म तपाईको पेशालाई विश्वास गर्छु र उत्तिकै आदर गर्छु । तपाईको पेशासङ्ग सम्बन्धित आलोचनात्मक टिप्पणी आउन थाल्यो भने म बरु तपाईसङ्ग सत्यतथ्य बुझ्ने कोसिस गर्छु तर हचुवाको भरमा तपाईको पेशामा आच आउने किसिमको सतही प्रतिकृया दिन्न।
म एउटा चिकित्सक हु; चिकित्सकिय पेशाका गुण/अवगुण/सुख/समस्या बारे मज्जाले ज्ञान राख्दछु। अहिले हामी चिकित्सकहरु गम्भीर मोडमा छौं। सरकार चाहन्छ हामीसङ्ग त्यस्तो जादुको लठ्ठी होस जसले छुने बित्तिकै विरामीको रोग निको होस। हामी माथी हाम्रै कार्य कक्षमा हातपात हुदा सरकार मुकदर्शक बनिदिन्छ र हामीले हाम्रो पेशागत सुरक्षा हुन पर्यो भन्दा उल्टै उपचारको क्रममा विरामीको निधन भयो भने भिडतन्त्रले दिने गरेको लापरवाही भयो भन्ने निर्णयलाई सदर गर्दै उपचार गर्ने चिकित्सकले नै हर्जाना तिर्नुपर्ने नियम ल्याउन खोज्दैछ।
लापरवाही हुनै नसक्ने भनेको हैन। उपचारको क्रममा केही त्रुटि भए नभएको कानुनी छानविनबाट प्रमाणित होस ; हामी यत्ती चाहन्छौं। लापरवाही भएको ठहरिए सम्बन्धित चिकित्सकले क्षतिपुर्ती मात्र तिर्ने हैन कानुन अनुसार कारावास चलान गरिनुपर्छ। तर भिड्तन्त्र/गुण्डातन्त्र ले हैन कि कानुनले लापरवाही हो या हैन भन्ने असल परिपाटीको विकास हुनुपर्छ भन्ने हाम्रो भनाई हो।
साथै,ड्युटीमा रही उपचार प्रदान गरिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई हातपात गर्ने तथा स्वास्थ्यसस्था तोड्फोड गर्ने महानुभावलाई विना जमानत जेल चलान ( jail without bail) को कानुन ल्याएमात्र हामी सुरक्षित महसुस गरी फेरी नेपाली जनताको सेवामा उत्तिकै तत्परताका साथ लाग्न सक्छौं । डराई डराई काम गर्नुपर्यो भने न हामीले न तपाईले आफ्नो काममा शत प्रतिशत लगन दिन सक्छौं ।
मैले के कति प्रष्ट्याउन सके, थाहा छैन। तर म चाहन्छु, हाम्रो हाल चलिरहेको आन्दोलनबारे सतही र अतिरन्जित टिप्पणी गर्नुपुर्व एउटा विल्कुलै भिन्न पेशाको अन्तरअङग पिडाको पनि आत्मसात गरिदिनुहोला। अझ थप प्रष्ट बुझाई को आवश्यकता महसुस भएमा म लगायत सम्पुर्ण चिकित्सक समुदाय तयार छौं।
Credit: डा दिपेन्द्र पाण्डे
(डा. सूर्यनारायण शाहको फेसबुक वालबाट साभार)



