-के बि महरा/करन
हो,आज म प्रदेशमा छु र पनि मेरा भौतिक शरीर बाहेकका प्राय सबैअंङ्गहरु बेलाबेलामा जन्मभुमी सुम्सुम्याईरहेका हुन्छन्,एक आपसमा लाडिबुडि खेलिरहेका हुन्छन् अनि त्यसैमा ममतामयी आभाष गरिरहेका हुन्छन्।म सोच्दछु यो मानविय चोला अनि यसैभित्रका अनेकौँ रङ्ग-बिरङ्गहरु, साँच्चै कतिअनौठा लाग्छन्। म पनि त्यसै समाजमा हुर्केको बिरुवा,जहाँ जस्तोखाले परिवेशको मलजल मेरा जरामा लागेकाछन्,/लगाईएकाछन् त्यस्तैखाले हाँङ्गाहरु फैलाउने र त्यसकै पोषणले यो समाजलाई फलदिने पनि छुँ,तर अलि भिन्न खाले,,गाह्रो हुँदोरहेछ!वर्तमानलाई अङ्गाल्नु र चाहेअनुरुप बदल्नुमा,बदलिनुमा र पनि प्रयास अनवरत रहिरहनेछ।
प्रसङ्ग अलि बदल्न चाँहे,
साँच्चै आज समयले मलाई अलि टाढा ल्याई पुर्याएको छ।आफ्नो जन्म-भुमि,झनै प्यारो मaमतामयी कोखभन्दा नितान्त टाढा र पनि आफ्नो मनलाई सम्हाल्ने कोसिस गरिरहेको छु।
अंझै चाडपर्व आउँदा साँच्चै खै किन उराठलाग्दो बनाउँदो रहेछ।हिँजोका दिनहरुमा बितेको त्यो बाल्यकाल र सङ्गिसाथिहरु थाहा छैन जिन्दगिका कुन मोडहरुमा पुगे होलान्!म जस्तै या मभन्दा फरक र पनि यसपालिको दँशैमा ती सबै-सबैलाई सम्झेकोछु,एकमुष्ट रुपमा।अनि त्यो ममतामयी कोख र मलाई यस धर्तिमा पाईला चाल्न सिकाउनुहुने प्राणभन्दा प्यारो बुवा,मेरो पहिलो गुरु..सबै-सबैलाई।
बदलिँदो ॠतुसरी यी मनहरुपनी बदलिंदा रहेछन्।हुनत नजिक हुँदा खासै वास्ता नै नहुने यस्ताखाले चाडावाड समयको पर्खाल सङ्गै निकट हुन खोज्दा रहेछन्।बिदेशियका लाखौँ दाजुभाईहरु मध्ये कति त यसपालिको दशैं आफ्नै मुलुकमा फर्केर मनाउने सुरमा हुनुहुन्छ होला,अनि कतिपय भने म जस्तै केवल सम्झनामा मात्रै। साँच्चै बाल्यकालमा दंशै आउने बित्तिकै नयाँ लुगा भनेपछी मन तेसै फुरुङ्ग हुनथ्यो,त्यसै आसमा ठुलाबडाहरुले भने ,अह्राएको काम अरुभन्दा पहिलानै सकिन्थ्यो तर आज परिवेस बिल्कुलै बदलिएको छ।नयाँ लुगा छन्,धन-पैसा पनी चाहेजति नभएतापनी क्षणिक आवस्यक पुरा गर्न सम्म छन।र पनि मनभने खुशी छैन।पक्कैपनी समय भन्दा बलवान कोहि बन्न सक्दैनन् रहेछ।
रहर नभइ बाध्यताले म जस्ता लाखौँ आम नेपालि युवाहरु सपनाको छुट्टै संसार सजाई प्रदेसिएका छन्।आफ्नै मुलुकमा केहि गर्ने सोच नभएकोपनि काहाँ हो र,तर मुलुकको वर्तमान राज्यब्यवस्था,देशमा बढ्दो संक्रमणकाल,यस्तै यस्तै कुराहरुले बिदेसिन बाध्य पारेको छ,र पनि जे-जसो मन सम्हाल्नुछ,आफू सम्हालिनु छ।बर्षदिनमा एकपटकआउने पर्व हो रमाईलो गर्नु पर्छ।तर आफ्नो अवस्था र औकात दुबै कुरालाइ मध्यनजर गर्दै।कसैका बिलासी बस्तु कसैका लागि भने सपनामै मात्र सिमित रहन्छन्।र पनि आफुसङ्ग जे-जति,जस्तोछ तेसैलाइ उपयोग गरि मन भुलाउन सिक्नुस,रमाउन जान्नुस्।
बिदेसियका लाखौँ नेपाली दाजुभाइ र उहाँहरुका आफन्तहरुमा धैर्यता कायम रहोस्,मित्रता अँझैबढि प्रगाढ बनोस्,भविस्य प्रतिका सुनौला सपनाहरु साकार बन्दै जाउन्।अनि देशमा छिट्टै युवामुखी कार्यक्रम ल्याईयोस,हामीजस्तै हजारौँ देशका कर्णधार युवा शक्तिलाई आफ्नै मुलुकमा केहि गर्ने अवसर मिलोस्।
नवदुर्गा भवानिले सबै-सबैको रक्षा गरुन्,,वडादंशै तथा शुभदिपावलिको सम्पुर्णमा हार्दिक शुभकामना !!!
-हाल ,मलेसिया



