बि.सं. २०७४ असोज ११ गते 

कोसेलीपात अनि दशैंको उपहारका किनमेलहरु भए त ? बैङ्कले नयाँ छापेको नोटहरु दशैंमा टिकाटालोकालागि काठमाडौबाट अाफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस दशैंले कहिले नयाँ लुगोको बहानामा त कहिले घोर्लै खसी-बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ-मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ?

कतिजना भने परदेशमा गएको वर्षको दशैं सम्झना गर्दे बसिरहनुभएको पनि होला, औंला भाँच्दै कति वर्षदेखि दशैंमा घर जान नपाएको र अब कत्ति वर्ष या महिनापछि घरजाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दशैंमा घर आउन नपाए पनि के भयो र, अर्को दशैं या अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?

आज सबैजनालाई हाम्रो पात्रोमार्फत् नवरात्रीको साताैं दिन फूलपाती सम्बन्धमा विशेष यी शब्दसाम्रगीहरु लगायत गाउँवेसीका यादहरु बोकेर आईयो है साथीहरू ।

सप्तमीको यो विशेष दिनलार्इ फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

अाजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलार्इ कोटी-कोटी प्रणाम गर्दछु, मलार्इ शक्ति दिनुहोस् ।।

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्‍याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।

लोकतन्त्र अागमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपातीभएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष माैलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।

अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियाैंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा माैलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भर्इ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

विश्व पर्यटन दिवस
अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन् । नेपाल विश्वकैं प्रमुख प्रथमिकतामा पर्ने प्रकृति र संस्कृतिका अनेक विविधताका बोकेको एउटा अद्भूत पर्यटकीय गन्तब्य हो, हिमश्रृंखलाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभूमीका शालिन हामी नेपाली र हाम्रा विविधतासहितका सांस्कृतिक, धार्मिक र भाषिक परिभाषा नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालको आरोहण गर्न, पदयात्रा, धार्मिक पर्यटन गर्न अनि अन्य अनेक शाहसिक गतिविधिहरू अनुभव लिन तथा अवलोकन गर्न लाखौं पर्यटकहरु नेपाल आउने गर्दछन । विशेष पर्यटकीय संभावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट अझै पनि सिङ्गापुर जस्तो सानो र सिमित पर्यटकीय संभावना भएको देशको तूलनामा उचित लाभ लिन सकेको छैन ।

हरेक वर्षको सेप्टेम्बर महिनाको २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने चलन छ । यो वर्ष अझ विशेष किन छ भने, सन् २०१७ लाई संयूक्त राष्ट्रसंघले दीर्घकालिन पर्यटन संभावनाको प्रतिकका वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । सन् १९८० का दिन सेप्टेम्बर २७ मा विश्व पर्यटन संघको औपचारीक शुरुवात गरिएको सम्झनामा बिगतको ३७ बर्षदेखि सेप्टेम्बर २७ तारिखकालार्इ विश्वभरका सरकारी, गैरसरकारी तथा समूदायबाट पर्यटन दिवस मनाइदै आइएको छ ।

दीर्घकालिन बिकासका तिनै अवधारणाहरु आर्थिक, सामाजिक अनि वातावरणीय पक्षहरुको सुधार अनि बढोत्तरिकालागि पर्यटनको प्रमुख भूमिका हुने गर्दछ । पर्यटनले मानवको जीवनशैलीमा पनि गुणात्मक सुधार ल्याउँदछ ।

पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उधोग हो, हामी घरमा बसिरहेका छौं या कतै यात्रा गर्दैछौं । देशको अमाङ्गमैत्री पूर्वाधार, अावश्यक अाकष्मिक स्वास्थोपचार केन्द्रहरूको अभावका कारण अपाङ्गता या चोटपटकबाट शिकार भएकाहरू, या साना बच्चाहरु कुनै परिवार या धेरै पाका उमेरका वृद्ध वृद्धाहरु कहिंकतै घुम्ने या पर्यटनको लाभ उठाउनालागि वञ्चित भइरहेका होलान, तर ढिलो या चाँडो पर्यटनको विश्वब्यापी सहज पहूँच र पर्यटनको फाइदा सबैजनाले प्राप्त गर्न पाउनुपर्दछ ।

सहज पर्यटन संसारका सबैजनाको पहूँचमा हुनुपर्दछ जस्ले गर्दा हामी बाँचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकून् । अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा ब्यापक रुपमा जानकारी र छलफल गरिन्छ ।

अाजको यस विशेष दिनलार्इ सामाजिक सञ्जाल, ब्लग इत्यादिको पहुँचमा हुने हरकोहीले अाफूले भ्रमण गरेको गाउँठाउँ, साहसिक खेल, यात्रा, प्रकृति, जीवजन्तुका बारे केहि भएपनि #Tag गरी विश्वभर छर्न सहयोग गर्नुहोस् । यसले नेपाल अनि यस देशको पर्यटकीय साैन्दर्य र सम्भावना दुवैलार्इ विश्व समाजको अाँखामा सहज पहूँचकालागि सहयोग गर्नेछ ।

संसारको छानोको उपमावाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु खडागर्न जरुरी छ । प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागि दूर्गम ठाउँ अत्यन्त कठिनाइकासाथ पुग्नुपर्ने अवस्था यथावतै छ । त्यस्ता ठाउँहरुमा सहज यातायातको साधन उपलब्ध हुँदैन कारण सहज बाटो छैन र त्यसमाथी ति ठाउँमा उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध हुन नसक्नु ठूलो बिडम्बना हो, त्यसतर्फ हाम्रो ध्यान छिटै पुग्न जरुरी छ । अर्कोतर्फ हाम्रा सांस्कृतिक धरोहरहरुको उचित स्याहार, सम्भार अनि भूँइचालोपछि भग्नावशेष र असुरक्षित बनेका शताब्दीयौं पुराना नेपाली सभ्यताको सहज ब्याख्या गर्नसक्ने धरोहरहरूलाई आवश्यक मर्मत सम्भार र यथाशिघ्र पूर्ननिर्माण गरी माैलिक वास्तविक स्वरूपमा ल्याउन जरूरी छ, अाखिर हामीले हाम्रा पाहुनालार्इ देखाउने बखान गर्ने धरोधर तिनै हुन् ।

हातमा लौरो, ढाँडमा ठुलो झोला, घामबाट अनुहार छेक्ने टोपी, गोरो छाला अनि नबुझ्ने भाषा, हामीले अक्सर परिकल्पना गर्ने पर्यटकहरु यहि हुन । यीनीहरु हाम्रो देशमा आए बापत, घरगाँउ अनि होटलमा वास बसेवापत पैसो तिर्छन, फोटो अनि भिडियो खिचेर अाफ्नो देश लिएर जान्छन् । जसका कारण हाम्रो संस्कृती, कलाकौशल लगायत विविधता सहितका अनेक प्राकृतिक मनोरमताका दृश्यहरु देखाउँछन्, जुन नयाँ पर्यटक भित्र्याउन अथवा लोभ्याउन सफल हुन्छ ।

पर्यटक हामीमध्ये जो कोही पनि हुन सक्छौं, मानव स्वभाव नै जिज्ञासु र घुमन्ते छ । भ्रमण अनि अवलोकन नै नयाँ कुरा सिक्ने उत्तम तरिका हो र यसरी देश, विदेश, समाज अनि संस्कृतीको अवलोकन गर्ने उद्देश्यले घुम्नु या भ्रमणमा निस्कनु नै पर्यटन हो । पर्यटक तपाइहामीमध्य सबैजना हुनसक्छौं, विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देशभित्र पनि हामी नयाँ-नयाँ ठाउँ गएर पर्यटन प्रवर्धनमा सहयोग गर्न सक्दछौं । घुम्नलाई पोखरा, नगरकोट अनि कुनै नयाँ ठाउँ गएर केहि समय बसेर हामीले नयाँ कुरा जान्न पाउँछौ । फरक समूदाय कसरी बस्छन्, कुन संस्कारमा रहन्छन्, कस्तो खानपान हुन्छ, कस्तो पहिरन हुन्छ, कस्तो संस्कृति हुन्छ यो नजिकबाट नियाल्न सकिन्छ । यसबाट मनमा शान्ति मिल्छ अनि नयाँपनको आभाषका साथै जीवन जिउने थप कारणहरु थपिदैंजान्छ ।

हामीमध्ये धेरैजना अझै पनि घुम्नु या नयाँ ठाउँ कुनै विशेष कारण बिना नै अवलोकन भ्रमण गर्नुलाई अनि पर्यटनलाई त्यति महत्व दिएर हेर्दैनौ, खासमा नयाँ ठाउँको भ्रमण र अवलोकन गर्नु भनेको स्वस्थ्य मानसिकता, सकारात्मक सोंचाई, ब्यवहारको विकास, संवेग र तनावको उचित ब्यस्थापनकालागि एकदमै जरुरी छ । बेलाबखत पर्यटनलाई आवश्यक्ता या विलासी के हो भनेर वादविवाद भइरहेको पाइएतापनि पर्यटनले पर्यटकहरुमा नयाँ उत्साह, ज्ञान अनि भ्रमण गरीने ति तमाम गन्तब्यमा आर्थिक र सामाजिक विकासमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरिरहेको हुन्छ ।

जीवनको अर्थ पक्कै पनि संकुचीत छैन, ब्यापक परिवेशमा जीवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउँ जानु अनि सकेसम्म बढि भन्दा बढि ज्ञान र अनुभवहरु प्राप्त गर्नु पनि हो । मार्कोपोलो, भास्को डिगामा, क्याप्टेन कुक लगायतका व्यक्तित्वहरू जसका अन्वेषण र भ्रमणले संसारमा संस्कार, सभ्यता र विकासको लहर फैलाउन सहयोग गर्यो । उनिहरु पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउँको खोजीगर्न निस्केका थिए र संसारलाई जोड्दै गए । यसकारण पनि भ्रमण गर्न र नयाँ कुरा सिक्न पछी नपरौं । अर्कोतर्फ पर्यटनलेगर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सांस्कृतीक आदान-प्रदान अनि राष्ट्रको छवी बढाउन, राष्ट्रलार्इ ब्याख्या गर्न सहयोग गर्दछ । पर्यटक हाम्रा पाहुना हुन हृदय देखि स्वागत गरौं, आतिथ्य कायम रहोस्, शुभकामना !

हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah