प्रदेश २ मा धाँधली गरेर एमालेलाई हराइयोः झलनाथ खनाल

११ असोज, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् ।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले धाँधली गरेको बताए ।

पहिलो र दोस्रो चरणमा पहिलो पार्टीको रुपमा आफूलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेश्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षडयन्त्र सरकारले गरेको उनको भनाइ छ ।

आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भएपनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बढार्ने षडयन्त्रलाई पार्टी संगठनले असफल बनाएको दाबी खनालले गरे ।

उनले सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको बाबजुत पनि एमालेले सिट संख्याको आधारमा पाँचौ र मतका आधारमा दोश्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गरे ।

नेता खनालले संविधान र आचारसंहिताको उल्लंघन गर्दै सरकारले जम्बो मन्त्रीमण्डल बनाएको आरोप पनि लगाए । अन्लाईन खबर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah