आज साझ भएको दूर्घटनामा परेर दमकका दूइजना युवाको मृत्यु भएको छ । कमल गाँउपालिका साविक लखनपुरको पाडाजुगीमा मोटरसाइकल र स्कुटीको एक आपसमा जुध्दा दूइजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकको सञ्चार शाखाले दिएको जानकारी अनुसार मे ४ प ३५२४ नम्बरको स्कूटी र को ५ प ८४३३ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा दमक ५ का २८ बर्षिय सुनिल सुबेदी र दमक ९ का राजन खड्काको मृत्यु भएको हो ।
स्कुटी पछाडि बसेका दमककै सुवास निरौला भने घाइते रहेको जनाईएको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । तिब्र गतिमा रहेका स्कूटी र मोटरसाइकल जुधेका थिए । स्कुटी र मोटरसाइकल दुबैको अगाडिको भाग क्षतिग्रस्त बनेको छ ।



