बिष्णुप्रसाद पोखरेल
दमक/ चाडपर्वको समयमा बिभिन्न सामाग्रिहरु चोरी हुने डर हुन्छ । नगद् तथा गरगहनाहरु चोरी हुने भन्दै प्रहरीले बिशेष शतर्कता पनि अपनाउने गर्छ ।
तपाइलाइ अचम्म लाग्छ दशैका दिन नै मन्दिरबाट जमरा चोरी भयो भनेर सुन्दा । तर झापाको दमकमा यस्तै भएको छ । मन्दिरभित्रबाट नै जमरा चोरी भएको छ ।
झापाको दमकस्थित दुर्गा मन्दिरबाट जमरा नै चोरी भएको छ । स्थानीयहरुले मन्दिरमा राखेको जमरा गयराती चोरी भएको हो । स्थानीयले मन्दिरमा ल्याएर जमरा राखेका थिए ।

दमक नगरपालिका नजिकै रहेको दुर्गा मन्दिरमा बर्षौदेखि भक्तजनहरुले जमरा राख्दै आएका थिए । गतबर्षहरुमा पनि यसरी जमरा चोरी हुने गरेको बताईएको छ । यो बर्ष पनि जमरा चोरी भएपछि बिहान जमरा लिन आएकाहरु अन्योलनमा परेका थिए ।
केहि बेर तनाव समेत भएको बताइएको छ । स्थानीय समिप चुडालका अनुसार आफूहरुको यस बर्ष र यो भन्दा अगाडि पनि जमरा चोरी भएको छ । कार्टुनमा नाम, ठेगना र मोवाइल नम्बर सहित राखिएको थियो ।
मन्दिर ब्यवस्थापन समितिको लापरवाहीका कारण यसरी जमरा हराएको भन्दै बिरोध भएको थियो । मन्दिरले आफ्नो प्रयोजनका लागि राखेको जमरा भक्तजनहरुलाइ दिएर बिहानको कोलाहाल साम्य भएको बताईएको छ ।
मन्दिरमा राखिएका जमराहरु चोखो हुने जन बिश्वास रहदै आएको छ । बिधि पुर्याएर दुर्गा मन्दिरहरुमा जमरा राख्ने र घरमा नराखेकाले जमरा हराउदा स्थानीयहरु आश्चर्य चकित भएका थिए ।



