नेपाल टेलिकले लाइभ टिभी, फिल्म, भिडियो तथा एफएम हेर्न र सुन्न सकिने मोबाइल एप्स सार्वजनिक गरेको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा 'वाउटाइम’ एप सञ्चालनमा आएको हो । टेलिकमको यो एप्स प्रयोगकर्तामाझ नयाँ भने होइन, यसभन्दा अघि नेटटिभीको मोबाइल एप्स प्रयोगकर्तामाझ परिचित छ ।

वाउटाइममार्फत टेलिभिजन कार्यक्रमहरु प्रत्यक्ष हेर्न सकिने छ । यो एप्सले अहिले  बिभिन्न फिल्म, भिडियो तथा नेपाली एफएम रेडियोहरु समेत समेटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका ग्राहकलाई मात्र उपलब्ध हुनेछ । अहिले यो सेवा लिएको शूल्क लाग्दैन । मोबाइल एप्समार्फत उपलब्ध सेवा प्रयोग गर्न इन्टरनेट वाइफाई वा मोबाइल डाटा प्रयोग गर्नुपर्ने छ ।

नेपाल टेलिकमले प्रयोगकर्तालाई दर्ता गर्न नाम र मोबाइल नम्बर माग्ने गर्दछ । आफ्नो विवरण भरेर बुझाएपछी टेलिकमले ६ अंकको एक्टिभेसन् कोड आफुले फारममा उल्लेख गरिएको नम्बरमा पठाउने छ । एक्टिभेसन कोड एप्समा राखेपछि रजिस्ट्रेसन पुरा हुन्छ ।

वाउटाइमलाई एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल आइओएस प्रयोगकर्ताले एप्पल आइट्युन्स स्टोरबाट निशूल्क डाउनलोड गर्न सक्नेछन् ।