काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ ।
आज पेरसडाँडामा भएको नेकपा माओवादी केन्द्रको स्थान समितिको बैठकमा नेताहरूले यस्तो बताएका हुन् । बैठक स्रोतका अनुसार एमाले माओवादी नेताहरूबिच एकताको ७ बूँदे सहमति भएको छ । सहमति अनुसार चुनाबअघि नै दुबै पार्टीका नेताहरू सम्मिलित ७ सदस्यीय कोअर्डिनेशन कमिटि बन्नेछ । स्रोत भन्छ- एमाले अध्यक्ष केपी ओली, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम कोअर्डिनेशन केन्द्रमा रहने सहमति छ भने माओवादीबाट पुस्पकमल दाहाल प्रचण्ड, राम बहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ रहने सहमति छ ।
चुनाब अघि आआफ्नै कमिटि रहने तर एउटै चुनाब चिन्ह सुर्यमा प्रादेशिक र संघको चुनाब लड्ने सहमति समेत ७ बुँदेमा छ । सो सहमति अनुसार ६० एमाले र ४० माओवादीले सिट लिनेछन् ।
तर चुनाब पछि पार्टी एकता गर्ने सहमति भएको पार्टीमा प्रचण्डले बताएका छन् । बैठकमा मातृका यादव, मणी थापा, प्रभु शाह, गोपाल किराँति लगायतले एकता गर्न नहुने पक्षमा मत राखेको बैठक स्रोतले बतायो । खबर डबली बाट सभार
काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ ।
आज पेरसडाँडामा भएको नेकपा माओवादी केन्द्रको स्थान समितिको बैठकमा नेताहरूले यस्तो बताएका हुन् । बैठक स्रोतका अनुसार एमाले माओवादी नेताहरूबिच एकताको ७ बूँदे सहमति भएको छ । सहमति अनुसार चुनाबअघि नै दुबै पार्टीका नेताहरू सम्मिलित ७ सदस्यीय कोअर्डिनेशन कमिटि बन्नेछ । स्रोत भन्छ- एमाले अध्यक्ष केपी ओली, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम कोअर्डिनेशन केन्द्रमा रहने सहमति छ भने माओवादीबाट पुस्पकमल दाहाल प्रचण्ड, राम बहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ रहने सहमति छ ।
चुनाब अघि आआफ्नै कमिटि रहने तर एउटै चुनाब चिन्ह सुर्यमा प्रादेशिक र संघको चुनाब लड्ने सहमति समेत ७ बुँदेमा छ । सो सहमति अनुसार ६० एमाले र ४० माओवादीले सिट लिनेछन् ।
तर चुनाब पछि पार्टी एकता गर्ने सहमति भएको पार्टीमा प्रचण्डले बताएका छन् । बैठकमा मातृका यादव, मणी थापा, प्रभु शाह, गोपाल किराँति लगायतले एकता गर्न नहुने पक्षमा मत राखेको बैठक स्रोतले बतायो ।