असोज १७, काठमाण्डौ । मुलुकको सबै भन्दा पुरानो ठुलो दल नेपाली कांग्रेसलाई कमजोर पार्न कम्यूनिष्टहरु एकाएक कस्सिएकाछन् । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमाले र माओवादीबिच विचारमा अन्तरहरु भए पनि चुनावी तालमेल र पार्टी एकता हुन सक्ने सम्मको कुरो बताएका छन् ।

दुवै दलको आ–आफ्नै शर्तहरु भएको भन्दै रायमाझीले विचार, शर्त, योजना लगायतका विषयमा भएको अन्तरलाई छलफलमा लगेर टुङ्गो लगाउने बताए ।

भागबण्डालाई ६० र ४० प्रतिशतका आधारमा बाड्ने सहमति भएको नेता रायमाझीले बताए । एमालेले ६० र माओवादीले ४० प्रतिशतका आधारमा भागबण्डा मिलाउने सहमति भएको हो ।

पार्टीको नेतृत्व र सरकारमा आलोपालो गरेर जाने सहमतिसमेत भएको रायमाझीले जानकारी दिए । साढे दुई वर्ष पुष्पकमल दाहाल र साढे दुई वर्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने गरी सहमति खोज्ने प्रयास भइरहेको नेता रायमाझीको भनाई छ ।

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी
नेपालमा अनावश्यक रुपमा धेरै दलहरु बढ्दै गएकाले नेकपा एमालेसँग एकता गर्न लागिएको रायमाझीले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता रायमाझीले देशलाई स्थिर राजनीतिमा लगेर विकास निर्माणका कामलाई गति दिन एमालेसँग एकता गर्नुपर्ने अवस्था आएको बताए ।

नेपालमा भएका बामपन्थी दलहरु सबैलाई समेटेर एकतावद्ध हुने अभियान अबको बाटो हुने नेता रायमाझीले बताएका छन् । माओवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका रायमाझीले दुई दलबिचको एकताका लागि मापदण्डको विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

विगतमा दुई पार्टीविचको तिक्तता र आरोप प्रत्यारोपलाई विर्सेर नयाँ बाटोमा यात्रा गर्न लागिएको भन्दै रायमाझीले भने, “माओवादीले संस्थागत रुपमा एमालेलाई कुनै दोष लगाएका थिएनौँ । एमालेका नेताहरुले हामीलाई केही भने होलान्, अहिले एमालेले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली स्विकार गरेको छ ।”

“अलग अलग पार्टी हुँदा भनिएको कुरा दोस्रो कुरा हो । नेपाली कांग्रेसले हामीलाई केके भन्यो, हामीले कांग्रेसलाई के भन्यौँ, अहिले हामी सँगै सरकारमा छौँ ।” रायमाझीले भने ।

कुनै बेलाको आवश्यकता अनुसार एमालेलाई गाली गरिएको स्विकार गर्दै रायमाझीले अहिलेको समय परिस्थिती फेरिएको तर्क गरेका छन् ।

आगामी केन्द्रिय प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि कांग्रेससँग पनि तालमेल गर्न सकिने रायमाझीले बताएका छन् । संसद र प्रदेशको निर्वाचन अघि कुनै पनि बहानामा सरकार परिवर्तन भने नहुने रायमाझीले बताए । अहिलेको सरकार परिवर्तनको जरुरी नभएको बताउँदै भोलीका दिनमा राष्ट्रिय सहमतिको सरकार बनाउने सवालमा भने माओवादी खुला रहेको उनले बताए ।

ओली संयोजगत्वमा ७ जनाको एकता कार्यदल

मुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच एकताका लागि सातदलको शीर्ष तहको कार्यदल बन्ने भएको छ । एमालेबाट चारजना र ओवादीकेन्द्रबाट तीन जना रहेको कार्यदलले बनाएरु एकता सुरु गर्ने सहमति भएको छ ।

कार्यदलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ नाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम रहनेछन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन् ।

त्यसको संयोजक एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि ६० र ४० को भागबण्डा समेत गरेको छ ।  एमाले र माओवादी केन्द्रवीच बृहत्त मोर्चाबन्दी गर्ने र त्यसको लागि मंसिरपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने र माओवादी केन्द्रका अध्यक्षलाई एकतापछिको अध्यक्ष बनाउने तयारी भएको स्रोतको दाबी छ ।

सहमति

बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध)लाई बहसमा लैजाने ।
– आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।
– आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट (अलग(अलग) गरेर जाने ।
– पार्टीको नाम फेर्ने ।
– एकता संयोजन समिति गठन गर्ने ।
– सूर्य चुनाव चिह्न लिएर लड्ने, यसलाई माओवादीले ठूलो विषय नबनाउने
– समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah