काठमाडौं, २० असोज । शुक्रबार एमाले प्रवेश गरेका नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफूमाथि भएको अन्याय सबैलाई सुनाएका छन् ।

आईजीपी बन्न नदिदा प्रहरी सेवाबाट राजीनामा दिएका सिलवालले राजनीतिले आफूमाथि गरेको हस्तक्षेपका कारण आफू बाध्य भएर खुला राजनीतिमा आएको खुलासा गरे ।

‘राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने राजनीतिले तपाईलाई हस्तक्षेप गर्छ’ भन्ने लेनिनको मुक्ति सुनाउँदै बुद्धनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिले आफूमाथि गरेको हस्तक्षेपले आफूलाई प्रत्यक्ष राजनीतिमा आउन प्रेरित गरेको बताए ।

नेकपा एमालेमा देशलाई सही दिशामा लैजाने भिजन देखेर आफू एमालेका आएको सिलवालको भनाई थियो ।

एमाले प्रवेश गर्दै सिलवालले के के भने ?

लेलिनको एउटा भनाई छ– इभ यु डु नट इन्टरफेयर उइथ पोलिटिक्स, पोलिटिक्स उइथ इन्टरफेयर युयोर लाइफ । अर्थात यदि तपाईले राजनीतिलाई हस्तक्षेप गर्नुभएन्, गर्नसक्नुभएन् भने राजनीतिले तपाईको जीवनलाई हस्तक्षेप गरिदिन्छ । र, एउटा अन्तरालमा, समयचक्रमा मेरी जिन्दगीमा धेरै ठूलो राजनीति भयो । मलाई सोसल मिडियामा पनि थुप्रै प्रतिक्रिया आए, हिजो अस्तीदेखि कमेन्टहरु पढिराखेको छु ।

कोहीले राम्रो गर्नुभो, तपाई अगाडि बढ्नुस् भन्नुभाछ, कोहीले किन जानुभो तपाई ? तपाई जानै हुँदैनथ्यो भनेर विभिन्न खालका टीकाटिप्पणी भइराख्या छन् । यसको जवाफ यही दिन चाहन्छु । किनभने म राजनीतिमा आउनको लागि म आफूलाई प्रतिक्षित गरेको मान्छे थिइन् । मुलुकको एउटा महत्वपूर्ण जिम्मेवारी, फस्र्ट डिस्किसनमा महत्वपूर्ण योगदान दिएर जीवन मुलुकप्रति समर्पित गरेको एउटा सिपाही हुँ । त्यही भएर राजनीतिले यस्तो सिचुयसन बनाइदियो, परिस्थितीले यस्तो मोड लियो कि मैले राजनीतिलाई नअंगाल्ने हो भने मेरो अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुनभयो ।

मुलुक जोगाउनका लागि मैले हिजो दिएको योगदान, जुन स्किल, जुन मेहनत गरे त्यो मेहनत सभ्य समाज, राज्यमा, डेमोक्रेटिक सोसाइटीमा राज्यको अभिभावक, राज्यले आफ्ना नागरिकहरुमाथि बराबरको कानून बमोजिम बराबरीको व्यवहार गरोस्, अभिभावकले आफ्नो बच्चामाथि आफ्नो समर्पण, आफ्नो संरक्षण, नागरिकहरुलाई बराबरी त्यही अनुसारको व्यवहार हो, जुन ममाथि भएन् । र, मलाई सोधिन्छ किन तपाईको राज्यको विरुद्ध अदालत जानुभो । ए बाबा मलाई अन्याय परेपछि संविधानले भनेको अन्याय परेपछि अदालत छ अदालतमा जाउँ, न्याय पाउन जाउ भन्या छ । र, मैले न्याय माग्न जानु अन्याय हो ? यो प्रजातान्त्रिक सुन्दरता हो ।

हाम्रो सेक्युरेसन अफ पावर छ । सेक्युरेसन अफ पावरका आफ्ना आफ्ना काम कर्तव्य अधिकार हुन्छन् । जसले डेमोक्रेसीलाई अगाडि बढाउनलाई कन्ट्रीव्यूसन गरेको हुन्छ । मुलुकलाई अगाडि बढाउन कन्ट्रीव्यूसन गरिरहेको हुन्छ । त्यसैअन्तर्गत मैले आफूलाई आफ्नो अन्याय सहेर बस्नु पनि अपराध गरे बराबर नै हो । मैले अन्याय सहे देशका अन्य कैयौ अन्याय सहने होलान् । हुन पुग्लान । म जस्तो शिक्षित, प्रशिक्षित, देश संसार घुमेको, बुझेको, मैले पोलिटिकस पनि बुझेको छु । मैले दर्शन बुझ्या छु । समाजशास्त्र बुझ्या छु मैले ।

इकोनोमिक बुझ्या छु । र, मैले आफू यसरी अन्यायमा पर्दाखेरी चुप लागेर बसेभने तमाम करोडौं अन्यायमा परेमा, लाखौं अन्यायमा परेका नागरिकको के हालत होला ? भनेर आज म नेकपा एमालेको ब्यानरमा उभिएको छु । र, एउटा थुप्रै लाखौं यो मुलुकमा अन्यायमा परेकाहरु नागरिकहरु छन् । उचनिचमा परेका नागरिकहरु छन् र त्यो पीडामा परेका नागरिकहरु छन् । उहाँहरुको सबैको एउटा प्रतिनिधिपात्रको रुपमा म यहाँ उभिएको छु ।

म आज यही मञ्चबाट ती तमाम लाखौं जो पीडामा परिराख्नुभएको छ, जसमाथि उचनिच छ, भेदभाव छ, अन्यायमा पर्नुभएको छ, त्यस्ता साथीहरुलाई हामी सँगै मिलेर एमालेको आर्दश र एजेण्डामा आबद्ध हुन आह्वान गर्दछु । पोलिटिक्समै जानुथियो भने किन एमालेको गएको भन्ने प्रश्न पनि आउला ।

यसको जवाफ पनि मैले दिनुपर्ने अवस्था छ । एमालेको जुन आर्दश छ, भिजन छ, सोच छ र एमालेले जुन दिशा दिएको छ मुलुकलाई, ऐतिहासिक व्यक्तित्वमा भएका नेताहरुले लिड गरेको पार्टी हो । यहाँ बसेपछि हामीजस्ता केही गरौं राज्यका लागि, मुलुकका लागि केही गरौं, समृद्धिका पाटाहरुमा अघि बढौं भनेर त्यो आकांक्षा राख्ने मान्छेहरुलाई यो पार्टी प्रशस्त पोटियन्सियल दिएको छ । प्रशस्त सम्भावनाहरु छन् ।

अरु कुनै यस्तो पार्टी छैन जहाँ देखाउँदाखेरी डेमोक्रेटको मुहार छ र उनीहरुभित्र अन्तरकलह छैन् । यो पार्टी नै अहिलेको समाजवादको वैज्ञानिक विश्लेषण गर्नसक्छ । विश्लेषण गरेको छ र बढाउँछ, यसमा भविष्य उज्जवल छ ।

मेरो अहिलेमात्रै होइन् राजनीति जीवनमा ठूल्ठूला मोडहरु आउँछन् । अहिले यही समयमा संयोग पनि हो म पनि एउटा आफूलाई वहाव एउटा आक्रोशको रुपमा सुम्पिने ऐतिहासिक अवसर प्राप्त गरे मैले । नेपालको पोलिटिक्समा महत्वपूर्ण ऐतिहासिक घटनामा र इतिहास विरलै यस्ता घटना घट्छन् । एउटा सामान्य नेताले सामान्य प्रकारले गरेजस्तो देखिन्छ तर यस्ता निर्णयहरुले उहाँहरुलाई युग पुरुष बनाइदिन्छ ।

यस पार्टीका अध्यक्षको युनिसिटीमा, नेकपा माओवादी केन्द्रका अध्यक्षको युनिसिटीमा बसेर नम्बर अफ लिडर बसेर जुन राजनीतिलाई एउटा नयाँ आयाम, नयाँ जुरिक्सन दिने निर्णयको प्रारम्भ भयो नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना हो । लालसलाम ! यसको लागि उहाँहरुलाई म मुरी मुरी बधाई दिन चाहन्छु । किनकि मुलुकको माय छ । हामी पनि चाहन्छौं की राजनीतिक स्थायीत्व होस्, राजनीतिक स्थायीत्वविना प्रगति सम्भव छैन् । अब हामी आर्थिक आन्दोलनमा जानुपर्छ । हामीले आर्थिक समृद्धि प्राप्त गर्नुपर्ने हुन्छ । र, त्यसको लागि राजनीतिक स्थायित्व आवश्यक छ । दैनीक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah