नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको चुनावी तालमेल र एकता प्रक्रियासँगै एमालेका शीर्ष नेताहरुले आफ्नो पूरानै क्षेत्र रोजेका छन् ।

ती क्षेत्रबाट उनीहरुलाई पार्टी सिफारिस पनि गरिसकेको छ ।

कुन पार्टीका लागि कुन क्षेत्र भनेर टुंगो लगाउन बनेको समितिले पनि क्षेत्रमा पार्टीको पकड, व्यक्तित्व हेरेर तय गर्ने भएको छ ।

सोहीअनुसार गृहकार्य पनि अन्तिम चरणमा पुगेको एक नेताले बताए । ३ दिनभित्रै शीर्ष नेतालाई कुन क्षेत्र कुन पार्टीलाई भन्ने तय गरिने ती नेताको भनाई छ ।

नेकपा एमालेका शीर्ष नेताहरु भने पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । सोहीअनुसार माओवादी केन्द्रका नेताहरुको पकड रहेको क्षेत्रमा एमालेले क्षेत्र छाडिदिने बारेमा पनि छलफल चलिरहेको ती नेताको भनाई छ ।

नेकपा एमालेका अनुसार अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् ।

झापा उनको गृहजिल्ला समेत हो । उनले स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट मतदान गरेपछि झापा छाडेको आशंका धेरैले गरेका थिए ।

तर उनलाई अहिले झापाबाट सर्वसम्मत सिफारिस गरिएको छ ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओली झापाको तत्कालिन क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उमेदवार सुरेश कुमार योङगयालाई पराजित गरेका थिए । त्यसबेला ओलीले १९२८७ मत प्राप्त गरी योङगयालाई फराकिलो मतले पराजित गरेका थिए ।

त्यसबेला सो क्षेत्रमा माओवादीका तर्फबाट गोपाल किराँती उमेदवार बनेका थिए । उनले चौथो स्थानमा रहँदा उनले ८ हजार ८०२ मत प्राप्त गरेका थिए ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल काठमाडौं २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् ।

नेता नेपाल संविधानसभाको पहिलो निर्वाचनमा २ ठाउँबाट पराजित भए पनि दोस्रो संविधानसभामा २ वटै निर्वाचन क्षेत्रमा विजयी भएका थिए ।

उनी दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा फराकिलो मतअन्तरले विजयी भएका थिए भने रौतहट क्षेत्र नम्बर १ बाट झिनो मतले विजयी भएका थिए । उनले रौतहट क्षेत्र नम्बर १ मा ८३६१ मत प्राप्त गरेका थिए ।

काठमाडौंमा भने उनले २१७४८ मत प्राप्त गरेका थिए । काठमाडौंमा नेकपा माओवादीका लीलामणि पोखरेलले ७१५४ मत प्राप्त गरेका थिए ।

नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । त्यो उनको पुरानो क्षेत्र हो । खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय हासिल गरेका थिए । उनले नेपाली कांग्रेसका हिमालय कर्माचार्यलाई पराजित गर्दै विजयी हासिल गरेका थिए ।
कर्माचार्यले १५५२७ मत प्राप्त गर्दा खनालले १७३४२ मत प्राप्त गर्दै विजयी हासिल गरेका थिए ।

उक्त क्षेत्र उनको पकड क्षेत्र हो । माओवादी केन्द्रका उमेदवार युवकुमार पौडेलले ४४२० मत प्राप्त गरेका थिए ।

एमालेका अर्का नेता वामदेव गौतम यसपटक बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । उनले यसअघि पनि प्युठान र बर्दियाबाट विजयी हासिल गरेका थिए ।

वाम गठबन्धनका योजनाकार मानिएका गौतमले दोस्रो संविधानसभा निर्वाचनमा प्युठानको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई पराजित गर्दै विजयी हासिल गरेका थिए ।

गौतमले १३९६२ मत प्राप्त गर्दा राजमोका कृष्णबहादुर खड्काले ८७२४ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा माओवादीका नवराज सुवेदीले ७०५४ मत प्राप्त गरेका थिए ।
बर्दिया क्षेत्र नम्बर १ मा भने उनले नेकपा माओवादीलाई पराजित गर्दै विजयी भएका थिए । गौतमले १८३४७ मत प्राप्त गर्दा माओवादीका भवन कुमार थारुले ११६२८ मत प्राप्त गरेका थिए ।

पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष समेत रहिसकेका सुवास नेम्वाङ पनि पूरानै क्षेत्र इलाम क्षेत्र नम्बर २ बाट प्रतिष्पर्धा गर्ने भएका छन् ।
दोस्रो संविधानसभा निर्वाचनमा पनि नेम्वाङ सोही क्षेत्रबाट विजयी भएका थिए । उनले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका थिए । आचार्यको १२८२८ मत प्राप्त हुँदा नेम्वाङले १४९३० मत प्राप्त गरेका थिए ।

माओवादीका उमेदवार रमेश कुमार लिङदेनले ४६४८ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाटै यसपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् ।

रावलले पनि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका उमेदवारलाई पराजित गर्दै विजयी हासिल गरेका थिए । उनले कांग्रसका मेघराज खड्कालाई पराजित गरेका थिए ।

रावलले १७७२५ मत प्राप्त गर्दा खड्काले १२९६८ मत प्राप्त गरेका थिए । रावलको क्षेत्रमा दोस्रो संविधान निर्वाचनमा माओवादी तेस्रो तहमा थियो । माओवादीका दिपक बहादुर साउदले १०९६७ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरेल अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता नरहरी आचार्यसँग पराजित भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसका आचार्यले १५३६४ मत प्राप्त गर्दा पोखरेलले १४७२३ मत प्राप्त गरेका थिए । काठमाडौं क्षेत्र नम्बर ५ मा माओवादीका महेन्द्रकुमार श्रेष्ठले ३६५५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नेकपा एमालेका अर्का नेता शंकर पोखरेल दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरेल संविधानसभाको दोस्रो निर्वाचनमा दाङ क्षेत्र नम्बर ४ मा प्रतिष्पर्धा गरेका थिए । उनी नेपाली कांग्रेसका वुद्यिराम भण्डारीसँग पराजित भएका थिए । भण्डारीले १४५०३ मत प्राप्त गर्दा पोखरेलले ११८०६ मत प्राप्त गरेका थिए ।

सो क्षेत्रमा माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको थियो । माओवादीका रामजी चौधरीले ७२१४ मत प्राप्त गरेका थिए । एमाले नेता विष्णु पौडेल रुपन्देही २ बाटै निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

वाम गठबन्धनका मुख्य खेलाडी समेत रहेका पौडेल यसअघि पनि रुपन्देहीबाट बाबुराम भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् । रुपन्देहीको क्षेत्र नम्बर ४ मा पौडेलले कांग्रेसका सूर्यप्रसाद प्रधान र माओवादीका बाबुराम भट्टराईलाई पराजित गरेका थिए ।

भट्टराईले ११९३४, प्रधानले १३६३२ र पौडेलले १९५७७ मत प्राप्त गरेका थिए । एमालेका नेता प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिष्पर्धा गर्ने भएका छन् ।

ज्ञवालीलाई ७० सालको दोस्रो संविधान निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसका चन्द्र भण्डारीले पराजित गरेका थिए । भण्डारीले २११८९ मत प्राप्त गर्दा ज्ञवालीले १८६८१ मत प्राप्त गरेका थिए ।

माओवादी त्यसबेला पनि तेस्रो भएको थियो । माओवादीका अशोक थापाले ४५३१ मत प्राप्त गरेका थिए ।

गुल्मी १ बाट दोस्रो संविधानसभा निर्वाचनमा विजयी एमालेका अर्का नेता गोकर्ण विष्ट अहिले पनि सोही क्षेत्रबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । यसअघि भएको निर्वाचनमा कांग्रेसका त्रैलोक्य प्रताप सेनलाई पराजित गर्दै विजयी भएका विष्ट सो क्षेत्रमा पकड राख्ने नेताका रुपमा परिचित छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा विष्टले १८४३२ मत प्राप्त गर्दा सेनले १०२९४ मत प्राप्त गरेका थिए । विष्ट विजयी भएको क्षेत्रमा माओवादीका वामदेव क्षेत्री चुनावी प्रतिष्पर्धामा थिए । त्यसबेला उनले ६४९७ मत प्राप्त गरेका थिए ।

एमालेका अर्का नेता घनश्याम भुषाल रुपन्देही १ बाट प्रतिष्पर्धा गर्ने भएका छन् । दोस्रो संविधान निर्वाचनमा रुपन्देही ३ बाट कांग्रेसका बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए ।

खाँणले १८४८१ मत प्राप्त गर्दा भुषालले १८३९५ मत प्राप्त गरेका थिए । त्यसबेला माओवादी चौथो स्थानमा रहेको थियो । माओवादीका भरत अर्यालले ३८९७ मत प्राप्त गरेका थिए ।

एमालेका अर्का नेता सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए । उनले नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीलाई पराजित गरेका थिए । बुर्लाकोटीले १३७४५ मत प्राप्त गर्दा पाण्डेले १८७६० मत प्राप्त गरेका थिए ।

चितवन १ मा माओवादीका यमबहादुर परियारले ४७१५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah