बिष्णुप्रसाद पोखरेल
दमक/झापामा नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकाँश ठाँउमा नयाँ अनुहार अघि सारेको छ । बिगतमा साँसद उठेर हारेकाहरु र नयाँ अनुहारहरुलाइ अघि सारेको छ ।
जितेकाहरु कोहि पनि सिफारीसमा परेका छैनन् । नयाँ सिफारीस भएकाहरु पनि राजनीतिक रुपमा र स्थानीय स्तरमा भने चिनिएका तथा प्रभावशालीहरु नै रहेकाछन् ।
अग्नि खरेल सिफारीसमा परेनन्
एमालेका प्रभावशाली नेता अग्नि खरेल पनि झापाबाट उम्मेदवार बन्ने चर्चा रहेको थियो । २ नम्बर वा ४ नम्बरबाट सिफारीस हुन सक्ने पनि बताइएको थिए । तर उनि सिफारीसमा परेका छैनन् । कानूनमन्त्री समेत भइसकेका खरेलले प्रत्यक्ष रुपमा निर्वाचन लड्ने आशय झापा आएर केहि समय अघि ब्यक्त गरेका थिए । अब खरेल झापाबाट साँसद उठ्ने सम्भावाना कम रहेको आकलन गर्न थालिएको छ । यद्यपि बाटो नै बन्द भइनसकेको स्थानीय एमाले नेताहरुको भनाइ रहेको छ ।
कार्कीको फेरी साँसद बन्ने बाटो रोकियो
दूइ पटक साँसद बनेका तर राजनीतिक रुपमा पीडित बनाईएका दीपक कार्की कहिबाट पनि प्रत्यक्षमा सिफारीसमा परेका छैनन् । उनले पहिलो संबिधानसभा निर्वाचनमा झापाबाट जितेर एमालेका नाँक जोगाएका थिए । दोश्रो पटक पनि सानदार रुपमा जितेका थिए । जिल्ला उपाध्यक्ष समेत भइसकेका उनलाइ अध्यक्ष बन्न पनि रोकिएको थियो । अहिले साविक ७ नम्बर र ६ नम्बर मिसिएर ५ नम्बर बनेकाले यहाँबाट पार्टी अध्यक्ष ओली उठ्ने भएपछि कार्कीको फेरी साँसद बन्ने बाटो बन्द भएको छ ।
कोइराला भए ‘आउट’
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत भइसकेका केन्द्रिय सदस्य रबिन कोइरालाको पनि प्रत्यक्ष साँसद बन्ने बाटो बन्द भएको छ । उनलाइ १ नम्बरबाट सिफारीस गरिएको छैन । स्थानीय स्तरमा लोकप्रीय मानिएका कोइराला राम्रो वक्ताको रुपमा समेत परिचित रहेकाछन् । दोश्रो संबिधानसभा निर्वाचनमा प्रभावशाली काँग्रेस नेता विश्वप्रकाश शर्मालाइ हराएर सभाषद बनेका कोइराला नै यस क्षेत्रबाट साँसद बन्ने अड्कल काटिएको थियो तर यहाँ उनि सिफारीसमा परेनन् ।
प्रेम गिरी पनि परेनन्
प्रेम गिरीको लोकप्रीयता र स्थानीय स्तरमा रहेको प्रभावले नै दोश्रो संबिधानसभा निर्वाचनमा सानदार रुपमा जित हासिल गरे । उनले स्थानीय स्तरको बिकासमा पनि स्याम्बासी नै पाए । तर उनि प्रतिनिधिसभा निर्वाचनमा सिफारीसमा परेकाछैनन् । प्रतिनिधिसभामा अब साँसद बन्ने उनको सम्भावाना टरेको बताईएको छ ।
को को गर्यो सिफारीस ?
एमालेले प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारीस गरेको छ। ओली पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री हुन् । यसैगरी क्षेत्र नम्बर १ कालागि प्रतिनिधिसभा सदस्यमा गोपालचन्द्र बुढाथोकीको नाम सिफारीस भएको छ ।
क्षेत्र नम्बरं २ मा पवित्रा निरौला खरेल सिफारीस भएकीछन् । उनी दोश्रो संबिधानसभा निर्वाचनमा झिनो मतान्तरले हारेकी थिइन् । उनीमाथि अन्र्तरघात भएको जनाइदै आएको छ । । क्षेत्र नम्बर ३ मा पुष्पराज पोखरेललाइ सर्वसम्मत सिफारीस गरिएको छ । उनि यस क्षेत्रमा लोकप्रीय मानिन्छन ।
यसैगरी क्षेत्र नं. ४ मा लालप्रसाद (एलपी) साँवाको नाम सर्वसम्मत सिफारीस भएको छ । उनि दोश्रो संबिधानसभा निर्वाचनमा झिनो मतान्तरले केशवकुमार बुढाथोकीसग पराजित भएका थिए । उनि पराजित भएपनि साँसदको रुपमा नै बिकास निर्माण लगायतका काम भने लागिरहे ।



