https://www.youtube.com/watch?v=KLdcEKP9lHs&feature=youtu.be
दमक, असोज २३ गते । झापाको दमक नगरपालिकाले नयाँ नीति तथा कार्यक्रम र योजना युवामैत्री बनाउने भएको छ । नगरसभाको तयारी गरिरहेको नगरपालिकाले दमक जेसिजको संयोजनमा दमकमा बिभिन्न क्षेत्रमा संलग्न रहेका युवाहरुसंग गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी र कार्यकारी अधिकृत युवराज दाहालले यस्तो बताउनु भएको हो ।
छलफलमा युवाहरुले स्वरोजगार कार्यक्रम, युवा प्रोफाइल निर्माण, मनोसामाजिक परामर्शको ब्यवस्था, खेलकुद क्षेत्रको बिकास, अनुसन्धानमूलक कार्ययोजना, युवा मैत्री स्थानीय शाषन ब्यवस्था लगायतका बिषयमा सुझाव दिएका थिए ।
जेसिज, लायन्स, रोटरी, दमक पब्लिक लाइब्रेरी, युथ फर ब्लड लगायतका युवा नेतृत्वदायी संस्थाहरुसंगको सहकार्यमा नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिईएको थियो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरपालिकाले नयाँ नीति तथा कार्यक्रम र योजनाहरु बनाउदा अब सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गरेर बनाउने कामको शुरुवात गरेको बताउनु भयो ।
युवाहरु लक्षित कार्यक्रमलाइ ब्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउदै ओलीले युवा मैत्री स्थानीय सरकारको अनुभूत गराउन आफूहरु लाग्ने बताउनु भयो ।
https://www.youtube.com/watch?v=KLdcEKP9lHs&feature=youtu.be
दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले आर्थिक रुपमा चलयमान युवाहरुलाइ रोजगारी प्रदान गर्ने र उनिहरुको सोच अनुसार काम गर्न सक्ने वातवरण बनाउनका लागि नगरपालिका लाग्ने जनाउनु भयो ।
उहाँले युवाको सोच र क्षमतालाइ अधिकतम प्रयोग गरेर नगरको बिकास गर्ने समेत प्रतिबद्धता जनाउनु भयो । उहाँले युवाहरुलाइ निराश नहुन आग्रह गर्दै युवामैत्री स्थानीय शाषन ब्यवस्थाको पक्षमा आफूहरु रहेको अधिकारीले बताउनु भयो ।
नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले युवाहरु बिदेश जाने क्रम नरोकिएसम्म बिकास र सम्बृद्धि असम्भव रहेको बताउदै नगरपालिकाले युवाहरुसंग सहकार्य गरेर अघि बढ्न खोज्नु परिवर्तनका लागि सकारत्मक कदम भएको बताउनु भयो । यसमा आफूहरुको सहयोग रहने समेत प्रतिबद्धता जनाउनु भयो ।
जेसिसले युवाहरुको ब्याक्तित्व र नेतृत्व बिकास गराउदै स्वदेशमा केहि गर्न उत्प्रेरीत गर्दै आएको समेत उहाँले जानकारी दिनु भएको थियो ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले युवाहरुको बिषयमा युवाहरुको नै सुझाव र बिचार संकलनका लागि आफूहरुले छलफल चलाएको बताउदै आएका सुझावहरु कार्यन्वयन गरिने बताउनु भयो । युवाहरुसंग सहकार्यमा दमकका बिकासलाइ अघि बढाइने उहाँको भनाइ छ । कार्यक्रम दमक जेसिजका अध्यक्ष गोबिन्दराज कट्टेलको अध्यक्षतामा भएको थियो ।
https://www.youtube.com/watch?v=KLdcEKP9lHs&feature=youtu.be



