काठमाडौ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि व्यवसायीहरु आक्रोशित भएका छन् । उनीहरुले मिनभवनस्थित सिभिल अस्पताल बाहिर आन्दोलन गरिरहेका छन्।

आक्राेशित व्यवसायीहरुले गृहमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। उनीहरुले दोषी पत्ता लगाएर सार्वजनिक गर्न माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौचनको शव पाेष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

यसका साथै निर्माण व्‍यावसायीहरुले दोषीलाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् भने भोलिदेखि नै देशव्‍यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सरकारले दोषीलाई कानुनी कठघरामा उभ्‍याउनु पर्ने माग गरकेा छन्।