दमक/राप्रपा र काँग्रेसबीच चुनावी तालमेलको लागि भित्रि सहमति भइसकेको भन्ने सार्वजनिक भएपछि यसले झापाको राजनीति पनि तातेको छ ।
झापाको क्षेत्र नंं ३ नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको आफ्नो क्षेत्र हो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको पकड क्षेत्रको रुपमा यसलाइ हेरिन्छ ।
राप्रपा सरकारमा जाने र निर्वाचनमा तालमेल गरेर जाने सहमति भइरहदा राप्रपा अध्यक्ष कमल थापाले झापा क्षेत्र नं. ३ को कुरा समेत उठाएको श्रोतको भनाइ रहेको छ ।
काँग्रेसले झापामा रहेका ५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभा निर्वाचनमा एउटा सिट दिने बताएपछि राप्रपाले ३ नम्बर रोजेको श्रोतको भनाइ रहेको छ ।
यो क्षेत्रमा काँग्रेसले उम्मेदवारका लागि सिटौलालाइ र राप्रपाले लिङ्देन माथिल्लो निकायमा सिफारीस गरिसकेको छ । तालमेल र क्षेत्र छाड्ने पर्नु बिषयमा अहिलेसम्म केहि जानकारी नआएको बताउदै आफूहरुको उम्मेदवार सिटौलानै भएको काँग्रेसका एक जिल्ला नेताले जनाएकाछन ।
ति नेताका अनुसार आफूले पनि हल्ला भनmे सुनेको बताए । यहाँ एमालेले पुष्प पोखरेललाइ अघि सार्ने निर्णय गरिसकेको छ ।



