सिरहामा नेकपा एमालेका स्थाानीय नेताको हत्या भएको छ

कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको गएराति हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

 

काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिए । उनले भने– ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ । पुरै घर रक्ताम्मे बनेको छ ।’ साहको हत्याले गाउँ शोकमा डुबेको छ।

सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेका छन् । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उनले बताए । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah