झापाको क्षेत्र नं. ५ नेकपा एमालेका उम्मेदवार तथा बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उठ्ने निश्चित भएसंगै उनको प्रतिष्पर्धिको बिषययमा बहस भइरहेकाबेला काँग्रेसका नेता तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकी यहाँबाट चुनाव लड्ने अवस्था आउन लागेको बताईएको छ ।

बुढाथोकी यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारीसमा परेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुरुमा यस क्षेत्रमा प्रकाश प्रशाइको समेत चर्चा भएको थियो । क्षेत्र र जिल्ला हुदै केन्द्र पुगेपछि अन्त्यमा बुढाथोकीको नाम आएको काँग्रेसका एक नेताले बताएकाछन् ।

अघिल्लो संबिधानसभा निर्वाचनमा उनि झापाको साविक क्षेत्र नं. ५ बाट उम्मेदवार बनेर बिजय भएका थिए । कतिपयले बुढाथोकी ओलीसंग नभिड्ने पनि बताउदै आएकाछन् ।

तर अहिलेसम्मको अवस्थामा बुढाथोकी नै यहाँको उम्मेदवार भएको बताईएको छ ।