बिष्णुप्रसाद पोखरेल
उर्लाबारी नगरपालिका वडा नंं.१ झारसादीकी २ बर्षिया बालिका आश्मा महतको उपचार दमकको लाइफलाइन अस्पतालमा शुरु भएको छ । दूइसाता अघि आँगनमा खेल्दै गर्दा तातोपानीले उनको शरिर पिल्सिएको थियो । तत्काल बिराटनगर स्थित नोवेल अस्पताल लैजदा उनको उपचार अस्पतालले अस्वीकार गरेको थियो । बेड नभएको भन्दै बालिकालाइ धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
बुबा लिलम महत र आमा कुमारी महत ज्यालादारी श्रमिक भएकाले अस्पतालले भनेको रकम धरौटी राख्न सकेनन् र घरमा ल्याएका थिए । उर्लाबारी पेज, मंगलवारे पेज तथा पत्रकार गोबिन्द पोखरेलले यस बिषयमा फेसबुकमा लेखेपछि सबैले साभार गर्दै उपचारका लागि आग्रह गर्दै अस्पतालप्रति आक्रोश पोखेका थिए । सञ्चारकर्मी खेमराज जमरकटेल लगायतले पनि बिदेशबाट चासो राखेका थिए ।
यसरी भयो उद्धार
https://youtu.be/kDq6OkzCUTE
मैले पनि आफ्नो फेसबुक वालमा लेखे । धेरैले उपचारमा सहयोगका लागि प्रतिबद्धता जनाउनु भयो । मैले बालिकाको आफन्तको नम्बर बेलुका देखिनै खोजे तर बिहानमात्र पाए । छिमेकी तथा वडा नं. १ राजनीतिक अगुवा धनराज श्रेष्ठसंग सम्पर्क भयो ।
लाइफ लाइन अस्पतालले फेसबुक वालमा आफूले निशुल्क उपचारको ब्यवस्था मिलाउने आग्रह गर्नु भएको थियो । उहाँलाइ सम्पर्क गरेर बालिकाको उपचार, लाग्ने औषधि र आवश्यक खाना तथा खाजाहरुको ब्यवस्था गर्न आग्रह गरेपछि अस्पतालका पूर्व अध्यक्ष समेत रहनु भएका सञ्चालक बालचन्द्र सुब्बाले यसलाइ स्वीकार गर्नु भयो । म पनि आए ।
तत्काललै बालरोग बिशेषज्ञ अनिल थापा लगायतका डाक्टरहरु, अस्पतालका प्रशासक सिम्रिक गिरी, स्टोक किपर नबिन यादव लगायतका आएर उपचारका लागि सबैबन्दोबस्त मिलाउनु भएको छ ।
सञ्चारकर्मी तथा दमक उद्योग बाणिज्य ंसंघकी कार्यसमिति सदस्य प्रजिता दंगाल, सवाल नेपालका प्रबन्धक केदार पौड्याल लगायत पनि तत्कालै पुग्नु भएको थियो र बालिकाको उपचारमा कमी हुन नदिन आग्रह गर्नु भएको थियो ।
धेरैले सामाजिक सञ्जालमा सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । यो अत्यन्त राम्रो कुरा हो । स्वतस्फूर्त सहयोग गर्ने आशय राम्रो हो । तर अहिले सबै उपचार, औषधि र कुरुवाको खाना तथा नानीलाइ जूसको ब्यवस्था समेत हाम्रो आग्रहलाइ स्वीकार गरेर अस्पतालले मिलाएको छ । यसर्थ आर्थिक सहयोग तत्काल उठाउनु नपर्ने अवस्था छ ।
भिडियोको केहि अंश ओएस नेपालको फेसबुकपेजबाट लिइएको हो ।
https://youtu.be/kDq6OkzCUTE



