राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेट गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेताहरुलाई राष्ट्रिय एकताबाट मुलुकको जल्दाबल्दा समस्या समाधान गर्न आग्रह गरेकी छन् ।

उक्त भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मधेस केन्द्रित दलका नेताहरु लगायत सहभागी थिए ।

‘राष्ट्रपतिज्यूले आसन्न शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा शुभकामना दिनुहुँदै राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै पार्टी, सरकार मिलेर स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभयो’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah