दमक नगरपालिकाले एक लाख राशिको नगर प्रमुख सम्मान पुरस्कार लोक गायन तथा संकलनको क्षेत्रमा बिशष्ट योगदान पुर्याउनु हुने लोकगायक एलपी जोशिलाइ प्रदान गर्ने निर्णय गरेको छ । पहिलो नगर सभाले यस्तो निर्णय गरेको बताइएको छ ।
जोशीलाई दमक नगरपालिकाको प्रथम नगर सभाद्धारा यो पुरुस्कार प्रदान गर्ने निर्णय गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिएकाछन् ।
लोकसाधक जोशि दमकमा नै रहेर लोक सस्कृतीको जगेर्नामा अहिले पनि कृयाशिल रहेकाछन् । उनले मोफसलमा रहेर पनि लोकसस्कृती र लोकगायनको जगेर्ना गर्न सकिन्छ भनेर देखाएकाछन् ।



