दमक÷/दमक नगरपालिकाको पहिलो नगरसभाबाट पुराना तथा निरन्तर काम हुदै आएका स्थानीय गौरवका योजनाहरुको निरन्तरता दिईएको छ । नगरसभाले पुराना अधिकांश योजनाहरुलाइ प्राथमिकतामा राखेको छ ।

दमकमा बिश्वको अग्लो बुद्ध मुर्ति निर्माण, दमक बजारको पुरानो सुनटोलमा सुबिधा सम्पन्न ब्यापरीक भवन, दमक बजारमा नमुना बजार निर्माणलाइ निरन्तरता दिने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बताइन् ।

दमक नगरपालिकाको शुन्य लगानीमा जनसहभागिता जुटाइ मुक्तिघाट निर्माणलाइ पनि अघि सारेको छ । केहि बर्षअघि दमकमा मुक्तिघाट निर्माणका लागि बहस उठेपनि अहिलेसम्म काम हुन सकेको छैन ।

यसैगरी महागुरु फाल्गुनन्द सभागृह निर्माण, ग्रिनवेल्ट सहितको चक्रपथ, औधोगिक सेज निर्माण, पार्क सहितको भ्यू टावर जस्ता दीर्घकालिन महत्व राख्ने योजनाहरुको निरन्तरता दिने नगरसभाले निर्णय गरेको नगरपालिकाकी प्रवक्ता समेत अधिकारीले बताइन ।

दमक नगरपालिकाले बिभिन्न वडाहरुलाइ पकेट क्षेत्र बनाएर त्यस अनुसारको कार्यक्रमहरु ल्याउने पनि जनाएको छ । नगरपालिकाभित्र घण्टाघर निर्माणको अवधारणालाइ पनि समावेश गरिएको छ ।

नगरपालिकाको दीगो बिकासका लागि आगामी ५ बर्षका लागि अद्यावधिक योजना तयार पार्ने पनि निर्णय पनि भएको जानकारी गराइएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार भुटानी शरणार्थी शिबिर रहेको स्थानमा भुटानी शरणार्थी संग्राहलय निर्माण गरेर देशकै प्रमुख पर्यटकीय स्थल बनाउन कार्य प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah