काठमाडौं– नेपाल टेलिकमले आफ्नो जीएसएम तथा सीडीएमए सेवामा शुक्रबार राति १२ बजेपछि अवरोध आउन सक्ने जानकारी दिएको छ।

टेलिकमले जीएसएम पोष्टपेड मोबाइल सेवालाई ‘कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम’मा लान (सिफ्टिङ गर्न) प्राविधिक कामहरु गर्नु पर्ने भएकोले उक्त सेवामा समस्या आउन सक्ने आम उपभोक्तामा पूर्व सूचना जारी गरेको हो।

‘पोष्टपेड मोबाइलको भूक्तानि प्रणालीलाई परिमार्जन गर्न लागिएको हो,’ टेलिकम प्रवक्ता प्रतिभा बैद्यले भनिन्, ‘शुक्रबारको राति १२ बजेपछि भन्नाले शनिबारको शुरुबाट शनिबार बिहान ३–४ बजेसम्ममा उक्त प्राविधक काम सक्ने टेलिकमको योजना छ। यसबीचमा सेवा अवरुद्ध हुन्छ नै भन्ने त छैन। तर, अवरुद्ध हुन पनि सक्ने भएकोले हामीले उपभोक्तालाई पूर्व सचेत गराएका हौं।’

भूक्तानी प्रणाली परिमार्जनका क्रममा जीएसएम तथा सीडीएमए सेवा अन्तर्गतका भ्वाइस कल, डाटा, एसएमएस, वाइम्याक्स, रिचार्ज जस्ता सेवा अवरुद्ध हुन सक्ने प्रवक्ता बैद्यले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah