झापाको निर्वाचन क्षेत्र नम्बर ७ लाई दमक उपहानगरपालिका बनाउनुपर्ने माग राख्दै आन्दोलनरत राजनीतिक दलहरुले शुक्रबार मोटरसाईकल र्याली प्रर्दशन गरेका छन् ।करिब दुई हप्ता अघिदेखि आन्दोलनरत नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहितका दलहरुले दमक, लखनपुर, तोपगाछी र धरमपुरमा मोटरसाइकल र्याली प्रर्दशन गरेका हुन् ।दमकको चौकबाट शुरु भएको र्यालीले दमक बजार हँुदै लखनपुर, तोपगाछी र धरमपुर परिक्रमा गरि पुनः दमक फर्किएर समापन भएको थियो ।
शुक्रबार निकालिएको मोटरसाईकल र्याली
समापन कार्यक्रममा कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, एमाले क्षेत्रीय अध्यक्ष बोधराज न्यौपाने, माओवादी केन्द्रका कर्मा पुलामीलगायतले झापाको स्थानीय तह पुर्नसंरचना गरिदा दमकलाई नियोजित रुपमा उपमहानगर नबनाउदा विराधमा उत्रिनु परेको बताए ।
आन्दोलनरत दलहरुको एउटा प्रतिनिधी मण्डलले शुक्रबार नै काठमाडौँमा गएर स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।
सो टोलीले झापा क्षेत्र नम्बर ७ लाई दमक उपमहानगरपालिका बनाउन माग गर्दै जिल्लाबाट प्रस्तावित स्थानीय तह पुर्नसंरचना प्रस्तावमा संशोधन गर्न ज्ञापन पत्रमा उल्लेखछ ।जिल्लास्तरिय स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले मेचीनगरलाई उपमहागरपालिकासहित झापामा १५ वटा स्थानीय तह निर्धारण गर्न प्रस्ताव गरेको छ ।सो अन्तर्गत दमक नगरपालिकालाई कायमै राख्दै लखनपुर र तोपगाछीलाई मिलाएर कमल गाउँपालिका र धरमपुर गाविसलाई शिवसताक्षी नगरपालिकामा समायोजन गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah