२ कार्तिक । उपप्रधान एवम शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचन मंसिर २१ गतेलाई सर्ने खुलासा गरेका छन् ।

बिहीबार विहान नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो खुलासा गरेका हुन् । उनले भनेका छन्,“मंसिर १० गते हुने भनिएको प्रदेश सभाको निर्वाचन केही प्राविधिक कारणले मंसिर २१ गतेलाई सार्ने गृहकार्य भैरहेको छ, मलाई लाग्छ चुनाव सर्छ।” उनले दुवै निर्वाचन एकै चरणमा हुने समेत जिकिर गरे ।

मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेश पनि मतपत्र बेग्लाबेग्लै हुनुपर्छ भन्ने आशय आफूहरुले पाएको ईगित गर्दै यसबारेमा महान्याधिवक्ता वसन्तराम भण्डारीसँग समेत प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिसकेको जानकारी दिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री श्रेष्ठले पार्टीले यस पटक सक्षम र योग्य व्यक्तिलाई टिकट दिएको समेत विश्वास दिलाए । कांग्रेसभित्र अहिले कुनै गुट तथा उपगुट नरहेको समेत उनको जिकिर थियो ।

प्रा.डा.गोविन्द केसीको माँग पूरा गराउन आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्ने पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah