-के बि महरा/ करन
नेपाली हिन्दुजनहरुको दोश्रो ठूलो महान पर्व तिहार अर्थात शुभ-दिपावलिको रौनक जताततै चलिरहेको छ। यसै सन्दर्भमा चारैतिर रङ्गिएका महलहरु,लिपपोत गरि चिटिक्क सजाइएका झुपडिहरु र अन्य सरकारी कार्यालयहरु साँच्चिकै झकिझकाउ पारिएका छन्।

यस शुभ अवसरमा साथिभाई,आफन्तजन तथा हितैसिहरु एकर्कामा शुभकामना आदान प्रदान गरिरँहदाको दृश्य अनि रङ्गिचङ्गी फुलहरुले सजिएको घरआँगन अतिनै मन लोभ्याउने खालको हुन्छ।विशेष गरि यो पर्व दिदिबहिनिहरुले आफ्ना दाजुभाईहरुको दृर्घायुको कामना गरि गलामा सयपत्री फुलको माला,निधारमा सप्तरङ्गी टीका अनि साथमा मिठामिठा खानेपरिकारहरुको भोजन गराई सफलता पुर्वक सम्पन्न गरिन्छ।भने दाजुभाई हरु आफ्नो मन,इच्छ्या शक्ति अनुसार लुगा,गहनाहरु दिने गर्दछन्।


गाउँघर,शहरबजार खुसिमा रमाईरहेका बेला यता प्रदेशमा रहेका दाजुभाईहरु भने घरपरिवार,दिदिबहिनी सम्झेर आँसु झार्दै बस्न विबस छन्। हुनत बाध्यताले गर्दा आफ्नो परिवारको खुसिका लागि पराईभुमिलाई कर्मथलो बनाउन बाध्य लाखौँ युवाहरु ,आफ्ना खुसिहरु गुम्स्याउनु पर्दा कति नरमाईलो लागिरहेको होला।

दिदी बहिनिहरुको त्यो आत्मिय माँया ,हर्ष अनि उमङ्गको कामना गर्दै निस्चित समयको पर्खाईमै दिन व्यतित गरिरहेका हुन्छन्।

लोक परम्पराहरुको संरक्षण अनि सम्बर्धन गरिनु पर्छ तर चाडपर्वको बहानामा अनआवस्यक फजुल खर्च अनि समाजको शान्ती भंङ्गहुने खालका कुरिती त्यागौँ,आफ्नो हैसियत अनुसार रमाईलो गरौँ, आफ्ना प्रदेशी दाजुभाईहरुको खुन-पसिनाको कदर गर्दै खुशी बाडौँ,सबैका घरमा लक्ष्मिले बासगरुन्, सम्पुर्ण नेपालि दाजुभाईहरुलाई शुभ दिपावलिको हार्दिक मंङ्गलमय शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय