बिष्णुप्रसाद पोखरेल
दमक बिहान ९ बजेतिर जिबनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले फोन गर्नु भयो । ट्याक्सि स्टेण्ड नजिकै हिजैबाट दूइजना बालबच्चा सहित एक महिला यताउता गरिरहेकीछन् । दूर्घटना होला जस्तो छ । महिलाले असमान्य ब्यवहार देखाइरहेको र एउटालाइ अर्को अर्कोलाइ अर्को खालको परिचय र ठेगना दिएको भन्दै उनले सुनाए ।
प्रहरीलाइ स्थानीय प्रल्हाल गौतमले बिहानैदेखि कल गरेका रहेछन् । प्रहरी नआएपछि म सम्म गुनासो आयो । मैले इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतसंग बुझे ।
उनले कार्यालयमा ल्याइनसकेको बताए । म आफै प्रहरी कार्यालय गए । र उनिहरुलाइ ल्याउन आग्रह गरे । मैले धेरै भनेपछि प्रहरीले टोली पठाएको बतायो ।
म त्यो ठाँउमा आउदा एउटा सानो नानी ढल नजिकै खेलिरहेको थियो । अर्को नानी कता गयो कसैलाइ पत्तो भएन् । ति महिला भने नानीहरु भन्दा केहि पर पोका बोकेर बसेकी रहेछिन् ।
घर कहाँ हो भन्दा काठमण्डौ भनिन् । यता सानो छोरालाइ सोध्दा बुटवल भन्यो । सानो नानीले रात यहि सडकमा बिताएको बताए । तर आमाले भने होटलमा बसेको भनेर ढाटिन् ।
उनको छोराले खाना नखाएको बतायो तर आमाले खाएको बताउन त्यहाँ भनिरहेकी थिइन् । यसमै प्रहरी भने आयो । जब उनिहरुलाइ स्थानीयको सहयोगमा चढाउन खोजियो त्यहाँ आएका प्रहरी अधिकृत बम्कन थाले ।
साना बालबालिका भनेको त यत्रा ठूलालाइ कहाँ किन लैजाने ? उनले यिनिहरुलाइ लैजाने र पाल्ने काम नभएको भन्दै झोक्किए ।
मैले प्रहरीले उद्धार गरेर राम्रै काम गरिरहेको छ भनेर भिडियो गरिरहेको थिए । तर आएका प्रहरी त आफ्नै संगठनको बद्नाम गराउने गरी बम्किए ।
मैले यो जिम्मेवार प्रहरी अधिकृतबाट सुहाएन भन्दै झन् कस्सिए । एकजना हवल्दार त कुटउला झै गरेर पो भित्रै बाट झोक्किए ।
फोटो नखिच, को हो भन्दै थर्काए । त्यहाँ उपस्थित भएकाहरु प्रहरीको ब्यवहारदेखि अचम्ममा परे । तर बाध्य भएर प्रहरीले इलाका प्रहरी कार्यालय दमकमा भने उनिहरुलाइ ल्याएको छ ।
हेर्नुहोस् भिडियो :



