२ कातिक /अन्तराष्ट्रिय झापाली समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष झापा, दमक –५ निवासी छत्र सुब्बा सम्मानीत भएका छन् । प्रवासमा बसेर जिल्लाको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याँएवापत सुब्बालाई कमल गाँउपालिका–५ मा रहेको नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।
शुभदीपावली,छठ तथा नेपाल सम्बतका उपलक्ष्यमा विहिबार स्थानीय मंगलवारे वजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बीच प्रतिष्ठानले सुब्बालाई सम्मान गरेको हो ।
सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि कमल गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर निरौलाले दोसल्ला,सम्मानपत्रसहित सम्मान गरेका थिए । सुब्बा समाजका वरिष्ठ उपाध्यक्षसहित हङकङ –झापा मञ्चका नेतृत्वदायी भूमिका निर्वाह गरि सामाजिक क्षेत्रमा कृयाशील छन् ।
प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सामाजिक कार्यको महत्वका बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा वडाध्यक्ष निरौला, सामाजिक व्यक्तित्व दीलीप राई, प्रतिष्ठानका सल्लाहकार टिकाराज सापकोटा, सम्मानीत व्यक्तित्व छत्र सुब्बा, समाजसेवी ऋषिकेश सुवेदी, मंगलवारे वजार प्रबन्ध समितिका अध्यक्ष हुकुमसिहं राईले सामाजिक कार्य मानिसको सवैभन्दा ठुलो धर्म भएको औल्याएका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष ललित वान्तवाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी उपाध्यक्ष पदमकुमारी राई, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अनिलदेव राई, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मनकुमार गदाल, आमा समूह मंगलवारेकी अध्यक्ष सञ्चरानी लिवाङ लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका सचिव विष्णु सुब्बाले सञ्चालन गरेको सो कार्यक्रममा सहभागिहरुले दिपावलीसहितका चाडपर्वले सामाजिक आत्मियता कायम राख्न जोडदिएका थिए ।










