सवाल नेपाल डेक्स
दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू जनताको बिचमा गएर प्रत्यक्ष नै चुनाव लड्ने दाबी गरेकाछन् । समानुपातिकमा नाम राखेपछि बिद्रोही शैलीमा देखा परेका सिटौलाका कारण काँग्रेस सभापति देउवा पनि अप्ठेरोमा परेको बताइन्छ ।
उनले समानुपातिकमा आफ्नो नाम राखिएको बताउदै यो सच्चिने र आफूले सच्याउनका लागि भनिसकेको जनाउदै यस्तो बताएकाहुन् । समानुपातिक सूचिमा रहेका नामहरु सच्याउने समयसिमामा नाम सच्चिएर आफ्नो समानुपातिकमा आउने सिटौलाको आशा रहेको छ ।
उनले पार्टी आफूसंग सल्लाह नगरी र बिना जानकारी समानुपातिकमा राखेको बताउदै आफू प्रत्यक्ष चुनाव लड्ने दाबी गरेकाहुन् । नेपाली काँग्रेस निकट रहेको एक अनलाइन न्यूज पोर्टलमा उनले भनेकाछन् “पार्टीले बुझाएको समानुपातिक तर्फको सूचीमा आफ्नो नाम रहेपनि संशोधन हुन्छ ।”
उनि भन्छन्, “मेरो जानकारी विना मलाई नै समानुपातिकमा पठाउने कुरा मैले सोच्न पनि सक्दिन् । म प्रत्यक्ष जनताकै बीचमा गएर चुनावमा सहभागि हुन्छु ।”
राप्रपासंगको निर्वाचन तालमेलमा पार्टी सभापति शेरबहादुर देउवाले सिटौलाको क्षेत्र राप्रपालाइ छाड्ने सहमति गरेको सार्वजनिक भएको थियो । यसको सिटौलाले बिरोध गरेकाछन् । उनले यो हुन नसक्ने समेत बताएकाछन् ।



