सवाल नेपाल डेक्स

दमकपूर्व/राजा ज्ञानेन्द्र शाहले अब मूलकको निकासका लागि आफू नेतृत्व लिन तयार रहेको बताएकाछन् । उनले आफूलाइ यसो भनिरहदा सक्रिय भएको आरोप लाग्न सक्ने भन्दै अहिलेको अवस्थामा नेतृत्व लिने समय आएको जस्तो लागेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भाइटिकाको अवसरमा टिका ग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै शाहले भनेकाछन् -जनताले नेतृत्व दिन चाहेमा म नेतृत्व लिन तयार रहेको छु । त्यसका लागि अहिलेको समय उपयुक्त छ भन्ने लाग्छ ।

अहिले मूलकमा नेतृत्व नभएजस्तो लागेको भन्दै टिप्पणि गरेकाछन् । सबै जनताको इच्छा भएमा नेतृत्वका लागि तयार रहेको भन्दै सक्रिय र निष्क्रियताको बिषय यो नभएको पनि उल्लेख गरे । उनले अहिले नेतृत्वका लागि उपयुक्त बेला भएको जनाएकाछन् ।