दूइ साता भन्दा लामो समयसम्म आर्थिक अभावले उपचार नपाएकी उर्लाबारी नगरपालिका वडा नंं १ झारसादीकी २ बर्षिया बालिकाका परिवार खुसि भएको छ । छोरीको उपचारमा कुनै कमी नभएको भन्दै उनकी आमाले खुसि ब्यक्त गरेकीछन् ।
२ बर्षिया आश्मा महतको दमकस्थित लाइफलाइन अस्पतालमा ल्याएर उपचार शुरु गरेपछि अहिले तन्दुरुस्त बन्दै गएकीछन् भने हाँसिखुसि बस्न थालेकीछन् ।
https://www.youtube.com/watch?v=pH2MIQbJy08&feature=youtu.be
आर्थिक अभावले उपचार नपाएकी बालिकाको स्थानीय सामाजिक अगुवा र सञ्चारकर्मीहरुको पहलमा अस्पतालले बालिकाको उपचार, औषधि र आवश्यक खानपानको समेत ब्यवस्था मिलाएर उपचार गरिरहेको अस्पतालका प्रशासका सिम्रिक गिरीले बताएकाछन्।
बिरामीकी आमा कुमारी महतले उपचारमा कुनै कमी नभएको बताएकीछन् । एकसाता अघिदेखि अस्पतालले बिरामीको उपचारका लागि एउटा क्याबिन नै उपलब्ध गराएको छ ।
https://www.youtube.com/watch?v=pH2MIQbJy08&feature=youtu.be



