कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि टाउको दुखाई बनेका एमाले चितवनका नेता देवी ज्ञावली यस बेला भने उनका कडा समर्थक भएका छन् । उनले बाम एकताको स्वागत गर्दै पार्टीले निर्णय गरेर पठाएमा प्रचण्डलाई चितवनमा जिताउने जिम्म आफुहरुको भएको घोषणा गरेका छन ।
बिभिन्न अनलाईन हरुले ज्ञावली कांग्रेस प्रवेश गर्ने , निष्क्रिय हु्ने असन्तुष्ट हुने जस्ता समाचार लेखेको भन्दै उनले दुःख समेत प्रकट गरेका छन् । हालै उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो दुख प्रकट गरेका हुन । उनले लेखेकाछन्-

केही अनलाइन समाचार माध्यमले माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन 3 बाट उमेद्वार भएकोमा,एमाले नेता देवी ज्ञवाली र एमाले कार्यकर्ताको विरोधका कारण नउठी वर्दियाबाट उठ्ने भएको समाचार प्रति नेकपा एमाले लगाएत हामी सबैको ध्यान आकर्षित भएको छ। चितवनममा वामपंथी एकताको सबैभन्दा पहिले समर्थन गर्ने व्यक्तिनै देवी ज्ञवाली हो भन्ने कुरा अवगतै छ।विगतमा स्थानिय निर्वाचनताका कसले कहाँ के कसो गर्यो भन्ने कुरा जग जहेर छ र पनि, देश जनता राष्ट्रको हितमा हुने कनै पनि सकारात्मक कामलाइ व्यक्तिगत लाभ हानी संग जोड्ने काम देवी ज्ञवालीबाट कदापि हुदैन।नितान्त व्यक्तिगत लाभ हानी संग सोचेर कदम चाल्ने बानी परेकाहरुले अरुहरुलाइ पनी त्यस्तै देख्नु कुनै नौलो कुरा हैन।पार्टीले गरेका हेरेक निर्णय र कदमलाई दृढतापुर्वक कार्यनवन गर्न म सदैव कटिवद्व छु वाम एकता भएर चितवनमा पुष्पकमल आउनुहुन्छ भने वहाँलाई जिताएर पठाउने दायित्व हाम्रो काधमा आऊनेछ र उक्त्त जिम्मेवारी हामी एमालेले पुरा गरेरै छोडछौ।
#देवी_ज्ञवाली_केन्द्रिय_सल्लाहकार_नेकपा_एमाले



