बिष्णुप्रसाद पोखरेल
दमक/नेपाली राजनीतिमा सुनिएको र चिनिएको नाम हो बिश्वप्रकाश शर्मा । बौद्धिक युवा नेताको रुपमा चिनिएका उनि झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दैछन् ।

शुरुमा प्रदेशबाट शर्मा उठ्ने चर्चा पनि भएको थियो । उनलाइ प्रदेश नं. १ को मुख्यमन्त्रीको रुपमा काँग्रेसले अघि सार्न सक्ने आँकलन गरिएको थियो । तर उनलाइ काँग्रेसले प्रतिनिधिसभा निर्वाचनमा नै उठाउने निर्णय गर्यो ।

देउवा नजिक रहेका उनि सबैलाइ मिलाएर लैजान सक्ने नेताको रुपमा चिनिएकाछन् र नयाँ र पुरानापुस्तासंग मिल्न पनि सक्छन् । अघिल्लो पटक धेरै राजधानी बसेर निर्वाचन लडन आएको भनेर आलोचना खेपेका उनले यो पटक त्यो आलोचना खेप्नु परेको छैन ।

उनि लामो समय यतै अर्थात झापा नै बसे । अघिल्लो पटक उनि एमाले नेता रबिन कोइरालसंग हारेका थिए । अहिले उनि चुनावी दौडमा रहेकाछन् । उनले तिहारमा दक्षिणा रहित देउसी लिएर पनि मतदातासम्म पुगे ।

सामाजिक सञ्जालहरुमा पनि उनको चनावी प्रचार आक्रमक रहेको छ । उनका सहयोगि र शुभचिन्तकहरुले फेसबुकवालमा उनलाइ मत माग्दैछन् । उनको छविको चर्चा गरिरहेकाछन् ।

कतिपयले झापा क्षेत्र नं. ५ केपी शर्मा ओलीसंग जुधाउने बिषय ल्याएपछि एक किसिमको तंरग आएको थियो । शर्मालाइ हराउन र राजनीतिमा माथि उठ्न नदिन खेल भएको भन्दै सामाजिक सञ्जालमा खबरदारी पनि मच्चिएको थियो ।

तर काँग्रेस श्रोतका अनुसार झापा क्षेत्र नं. ५ मा शर्मा आउने सम्भावाना छैन । १ नम्बरको उम्मेदवार भएकाले अब ५ नम्बरमा आउने बिषय वास्तविक नभएको काँग्रेस श्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah