बिष्णुप्रसाद पोखरेल
दमक/आकाशेपुल पछि दमकमा अब सुरुङ मार्ग (अण्डर पास ब्रिज) बन्ने भएको छ । पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । दूर्घटना न्यूनिकरणका लागि यो अपरिहार्य भएको भन्दै नगरपालिकाले यो योजना नगरसभाबाट पारित गरेको हो ।

दूर्घटना न्यूनिकरणसंगै दमकको साविक १२ नम्बरमा बर्षादमा बसपार्क र पशुहाट डुबानमा परेकाले यो पानीलाइ ब्यवस्थित गरेर रतुवामा हाल्न सकिने ठहर समेत गर्दै यसैको औचित्यता पुष्टि गरिएको छ । यसले दूर्घटना न्यूनिकरणसंगै बसपार्कलाइ ब्यवस्थित गर्न पनि टेवा पुग्नेछ ।

दमकको साविक १२ र १३ नम्बर वडालाइ यसले जोडने छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार अहिले बसपार्कमा दुबैतिरका सवारी साधन आवतजावत गर्ने एउटै मुख भएकाले यहाँ नै सुरुङ मार्ग भए उपयुक्त हुने सुझाव आएकाले त्यसै अनुसार अघि बढ्ने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय दमकले भने यसलाइ सुरुङमार्ग नभएर ‘अण्डर पास ब्रिज’को रुपमा लिइएको बताएको छ । पूर्व पश्चिम राजमार्गको पशुहाट तथा बसपार्क छिर्ने ठाँउमा यसको आवश्यकताको बिषयमा अध्ययन गरेर डिपिआर बनाउनका लागि आफूहरुले माथिल्लो निकायमा पत्रचार गर्ने डिभिजन कार्यालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah