डा. अमिर बज्राचार्य स्तन पुनर्निर्माण विशेषज्ञ काठमाडौं मेडिकल कलेज

परापूर्वकालदेखि नै महिलाको सौन्दर्य वर्णन गर्दा स्तनलाई एक आकर्षक अंगको रूपमा लिइन्छ । यसले नारीहरूमा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक शारीरिक विकास र परिवर्तनमा नारीले यसलाई एकदमै नजिकबाट नियालिराखेका हुन्छन् । पश्चिमी विकसित मुलुकहरूमा नारीहरू पुरुषको तुलनामा अधिकार तथा समानताका हिसाबले बराबर छन् । तर, हाम्रोजस्तो कम विकसित मुलुकमा अज्ञानले गर्दा महिलाहरू आफ्नो शरीरको समस्याबारे खुलेर प्रस्तुत हुन सक्ने अवस्था छैन । जनचेतनाकै कमीले गर्दा स्तन क्यान्सर ढिलो अवस्थामा देखिँदै आएको छ ।

के हो स्तन पुनर्निर्माण ?
ब्रेस्ट रिकन्स्ट्रक्सन अर्थात् स्तन पुनर्निर्माण भनेको स्तन क्यान्सरको अप्रेसनपश्चात् स्तन निकालिएको अवस्थामा शरीरको कुनै भागको मासु, बोसो तथा पेटको नाइटोमुनिको मासुबाट स्तन पुणर्निर्माण गरिन्छ । यसैगरी, आजकल विज्ञान र प्रविधिको विकासले सिलिकनबाट निर्मित विभिन्न आकार–प्रकारका ब्रेस्ट इम्प्लान्ट पाइन्छन् । स्तन क्यान्सरपश्चात् महिलामा एक प्रकारको अपूर्णतालाई स्तन पुनर्निर्माणले मनोवैज्ञानिक हिसाबले पनि आत्मसन्तुष्टिको अनुभूति प्रदान गर्दछ । विभिन्न अनुसन्धानबाट स्तन  क्यान्सर भएका महिलाहरूमा स्तन पुनर्निर्माणले रोगपश्चात्को आयुको दर बढेको देखिन्छ ।

स्तन समस्या  कसरी थाहा पाउने ?
स्तनमा विभिन्न खालका समस्या हुन्छन् । ती समस्याको समाधान वेलैमा भएन भने स्तन क्यान्सर हुन्छ । स्तनको आकारमा फरक, स्तनमा घाउ, स्तनमा गाँठागुठी, काखीमा गाँठागुठी मुन्टोबाट पिप तथा रगत आउने आदि समस्याबारे सर्वप्रथम महिलाहरू नै सजग रहनुपर्छ । यदि यस्तो खालको समस्या भएमा तुरुन्त चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । हरेक महिलाले स्नान गर्दा आफ्नो शरीरका हरेक अंगलाई राम्रोसँग नियाल्नुपर्छ । त्यसमा पनि स्तनलाई आफ्नो हातले राम्रोसँग छाम्नुपर्दछ । यसबाट सजिलै गाँठागुठी पत्ता लाग्छ । हरेक महिलाले आफ्नो स्तनलाई महिनाको एकपटक जाँच गर्ने हो  भने स्तनमा भएका समस्याहरूको बारेमा राम्रोसँग थाहा हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय