शनिबार विहान साढे ५ बजेतिर काठमाडौं आइरहेको बस धादिङको घारबेसीबाट त्रिशुली नदीमा खस्यो। बस मोडमा मोड्न नसकेर सिधै त्रिशुली नदीमा खसेको देखिन्छ।

बसमा यात्रा गरिरहेका १६ जना उछिट्टिएर नदी किनारमा घाइते अवस्थामा भेटिए। स्थानीय र प्रहरीले उनीहरुलाई उपचारका लागि गजुरीस्थित अस्पतालमा लगे।

प्रहरीले उद्धारका लागि सेना र सशस्त्र प्रहरीलाई बोलायो।

सुरुमा एक महिलाको शव नदीबाट निकालियो। त्यसपछि एक बालकको शव भेटियो। विहान ११ बजेसम्म उद्धारकार्य जारी रहदाँ १६ जनाको शव त्रिशुली नदीबाट निकालिएको छ। प्रहरीले अझै ५ जनाभन्दा बढी हराइरहेको आशंका गरेको छ। बसमा कति जना सवार थिए भन्ने यकिन छैन ।

राजविराजबाट १५ जना यात्रुको चलानी लिएर ना ६ ख १४६६ नम्बरको बस राती १० बजेतिर हेटौंडा आइपुगेको थियो । त्यसपछि सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्बरको बसमा यात्रु चढाएर काठमाडौं पठाएको थियो।

हेटौंडाबाट ३५ जना भन्दा बढी यात्रु लिएर बस काठमाडौं हिँडेको मध्य क्षेत्र प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी सुरेन्द्र मैनालीले बताए।


तिब्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले निष्कर्ष निकालेको छ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले सेतोपाटीसँग भने, ‘तिब्र गतिमा रहेको बस अनिन्त्रित हुदैँ नदीमा खसेको देखिन्छ।’

हेटौंडाबाट बस नारायणघाट आउने बेलादेखि नै चालकले बस तिब्र गतिमा कुदाउँदै आएको घाइते यात्रुहरुले आफूलाई बताएको उनले बताए। ‘यात्रुहरुले बस धेरै नकुदाउन आग्रह गरेका पनि रहेछन्’ उनले भने।

प्रहरीका अनुसार बस चालक फरार रहेका छन् ।

हेटौंडाबाट बस परिवर्तन हुदाँ बसका मालिकसँग प्रहरीले चालकबारे बुझ्न खोजेपनि जानकारी दिएका छैनन् । कन्डक्टर र खलासी भने नदीमा बेपत्ता भएका छन् ।

अहिले हामी बस दुर्घटनामा कसरी पर्यो भनेर अनुसन्धान गर्ने भन्दा पनि वेपत्ता भएकाहरुलाई खोज्न लागिपरेका छौं, सिंहले भने । सेतोपाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah