झापाको बिर्तामोडमा भएको हिँसात्मक घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवाल जिल्ला तानिएकाछन् । प्रदर्शकारीहरुले सिलवालाइ निलम्बनको माग गर्दै आएका थिए ।
प्रहरी श्रोतका अनुसार सिलवाललाइ जिल्लामा बोलाइएको छ । सिलवालले भने आफू पनि घाइते भएको बताउदै घटना बालकको मृत्यु प्रकरणमा अनुसन्धानमा कुनै कमजोरी नगरेको बताउदै आएकाछन् ।
यसैबीच बिर्तामोडमा करिब २४ घण्टादेखिको कफ्यू जारी रहेको छ । यसले जनजिबन कष्ठप्रद बन्दै गएको छ । कफ्र्यू खोल्नका लागि स्थानीयहरुले माग गरेकाछन् ।



