बालक लक्ष्मण सिवाकोटीको हत्याको बिषयलाई लिएर झापाको बिर्तामोडमा शुक्रवार भएको झड्प पश्चातको सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । झापा प्रशासन र पिडित पक्ष बिच भएको ८ बुँदे सहमति पश्चात आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो ।
आन्दोलनको कार्यक्रम फिर्ता भएपनि बिर्तामोडमा शुक्रवार साढे १ बजेदेखि झापा प्रशासनले लगाएको कफ्र्यु यथावत राखिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । शनिवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा बसेको सर्वपक्षिय बैठकले ८ बुँदे सहमति गरेको छ ।




