फेसबुकमा तपाईंले कस्ता फोटो राख्ने गर्नु भएको छ ? अब फेसबुकले जस्तो पायो त्यस्तो फोटो पोस्ट गर्न नदिने भएको छ ।
फेसबुकले आफ्नो माध्यमबाट कुनै पनि अश्लील तस्वीर पोस्ट गर्ने अनुमति नदिने भएको हो । यस्तो पोस्तलाइृ रिवेज पोस्ट भनिन्छ ।
फेसबुकले यस्तो तस्वीरलाई दोस्रोपटक पोस्ट गर्न पूर्ण रुपमा रोक लागृने तयारी गरेको हो । यो रोक फेसबुक मेसेन्जर तथा इस्टाग्राममा लागू हुने छ । तर ह्वाट्सएपमा भने तत्काल यस्तो नियम नलगाउने फेसबुकले जनाएको छ ।
फेसबुकले सिधै फेसबुकमा यस्ता तस्वीर पोस्ट गर्नेहरुलाई खोजी गर्ने छैन । तर रिपोर्ट टूलमा आएका सामाग्रीलाई भने उसले नियन्त्रण गर्ने छ । रिपोर्ट टूल फेसबुकमा आपत्ति जनाउन मिल्ने टूल हो ।
अप्रेसन टीमले रिपोर्ट गर्नेको फोटो कुनै पनि एकाउण्टमा हालिएको नहालिएको जाँच गर्ने छ र जसले त्यस्ता फोटा पोस्ट गरेको छ त्यस्तो एकाउण्टहरु बन्द गरिने छ ।










