-केबि महरा /करन देशमा दशकौँ लामो समयको द्वन्द्व तथा गृहयुद्द पछी शान्तिप्रकृया को प्रारम्भ भएको छ।उक्त लडाईं कुनै बाह्य दुश्मनहरुका बिच भने पक्कै थिएन,थ्यो त केवल बिचारहरुका बिचको मात्र। र पनि उक्त आन्दोलनका क्रममा थुप्रैले आहुती दिनपुगेका थिए।कुनैपनी क्षेत्रमा उक्त वस्तु वा ठाँउको बिकासका पछाडी कुनैन कुनै आन्दोलन या बिद्रोह,असहमतिको ठूलो हात रहन्छ तर त्यसपछाडी, अपेक्षा गरिएको प्रतिफल भित्र के- कति सत्यता र वास्तविकता लुकेकोछ उक्तकुराको आँकलन भने अवस्य गरिनु पर्दछ।अर्थात सत्य के हो एकिन गर्नु जरुरि हुन्छ।

मुलुक लामो समय द्वन्द्वमा जाँदा ठुलोमात्रामा भौतिक वस्तुहरुको क्षति भयो,थुप्रैको अमुल्य ज्यान अकालमै गयो,कति बालबालिका अविभावक बिहिन बन्न पुगे भने कतिपय घरवार बिहिन,कोहि अंङ्ग भंङ्ग यस्तै थुप्रै क्षतिहरुको सिकार बन्यो पुरै मुलुक।बनाईएका थुप्रै ऐतिहाँसिक संरचनाहरु क्षतबिक्षत तथा तहसनहस हुन पुगे र ती केवल एक ईतिहाँसमात्र सावित भए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उसोत देशको भविस्य बदल्न भनी थालिएको उक्त आन्दोलनले बदलियो त केवल केही विशेष व्यक्तिहरुको जिउने तरिका मात्र,तिनिहरुले बस्ने महलका आकार अनि हातमा लगाउने घडिका ब्राण्ड मात्र ।उनिहरुले हिँड्ने पँजेरोका ब्राण्ड, अनि यस्तै यस्तै बिलासी अनि मोजमस्तिका दिन मात्रै ।

परिवर्तनशिल समयक्रम सङ्गै हरेक कुराहरु परिवर्तन हुन जरुरिछ,चाहे त्यो हाम्रो मस्तिष्क होस्,घर,समाज संसार ती सबै तर, त्यो हामिले चाहिरहेको परिवर्तन,गरिरहेका कृयकलापले भविस्यलाई कुन मार्गमा डोर्याउँनेछ भनी सजक तथा सचेत हुनभने नितान्त जरुरि हुन्छ ।

मुलुकले जनप्रतिनिधि पाईसकेको समयसम्म पनि एउटा बालकको जन्म दर्ताकालागी मात्रै जिल्ला धाउनु पर्ने तितो यथार्थ बाटै प्रष्ट हुन्छकि मुलुकको बिकाशका लागि नभई बिनासका लागि जन्माईएका धमिराहरु हुन् ति कथित जनप्रतिनिधिहरु। यस्तो कहालिलाग्दो अवस्था र ब्यवस्था बाट मुलुकको भलो होला भनी कसरि सोच्न सकिन्छ,?

त्यसैले हिजो राजतन्त्रको खोईरो खन्नेहरुले के चाहिँ कामगरे जसलेगर्दा देशको शिर ठाडो पार्न सकिएको छ,जसले गर्दा जनताले राज्यबाट सुखको आभाष गर्न पाएकाछन् ?,यो असहमती राज्य ब्यवस्थाका बिरुद्द होईन ,हो त केवल शासन व्यवस्था अनि वर्तमान सरकार को कार्यशैली प्रति मात्र ।