बिष्णुप्रसाद पोखरेल
दमक/सरकारी दमक अस्पतालमा डेंगुको परीक्षण र उपचारको निशुल्क ब्यवस्था मिलाईएको छ । झापाको बिर्तामोडमा डेंगुको संक्रमणले महामारीको रुप लिएपछि दमकमा सचेतता अपनाउन शुरु गर्दै यस्तो जानकारी दिइएको हो ।

गतबर्ष दमकमा पनि डेंगु रोगको संक्रमणले महामारीको रुपमा लिएको थियो । सरकारी दमक अस्पताल अर्थात पुराना आम्दा अस्पताल भएको स्थानमा निशुल्क रुपमा परीक्षणको ब्यवस्था मिलाईएको हो ।

दमकमा डेंगु परीक्षण गर्दा बिरामीहरुले बाहिर नीजि अस्पताल तथा क्लिनिकमा २ हजारभन्दा बढि खर्च गर्दै आउनु परेको छ । दमक अस्पतालमा एक रुपिया पनि नलाग्ने भएको हो ।

दमक अस्पतालका डा. बिपिनकुमार पाण्डेयले दमक अस्पतालमा अहिलेसम्म कसैले पनि डेंगु परीक्षण नगराएको बताउदै निशुल्क रुपमा जाँच गराउन सकिने जनाए । उनले ल्याव परीक्षणको पनि ब्यवस्था रहेको जनाएकाछन् ।

सरकारले डेंगु रोग परीक्षणका लागि यहाँ किट उपलब्ध गराएको छ । त्यहि कीट मार्फत डेंगु परीक्षण हुने गरेको छ । पाण्डेले गत बर्ष यहाँ समस्या भएको थाहा पाएको बताउदै जाँच र उपचारका लागि अब समस्या नरहेको जनाए ।

उहाँका अनुसार दमक अस्पतालमा कीट लगायतका डेंगु परीक्षणको सबै ब्यवस्था मिलाइएको जानकारी दिनु भएको छ । बाहिर नीजि अस्पताल तथा क्लिनिकमा डेगु परीक्षण गर्दा एकहजारदेखि २ हजार रुपियासम्म खर्च लाग्ने गरेको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले दमक अस्पताललाइ आवश्यक जाँच र उपचारका लागि कुनै कमी हुन नदिनका लागि निर्देशन दिइसकिएको जानकारी दिएकीछन् । उनले महामारीको रुपमा फैलिन नदिन सचेत हुन सबैसंग आग्रह पनि गरेकीछन् ।

दमक नगरपालिका स्वास्थ्य शााखाका प्रमुख जिबन चौलागाइले झापाको दमकमा १२ जनामा डेगु रोगको सक्रमण फेला परेको जानकारी दिएकाछन् । उनले डेंगुबाट बच्नका लागि डेंगु संक्रमण फैल्याउने लामखुट्टाका श्रोतहरु नष्ट गर्नु सबैभन्दा उत्तम बिकल्प भएको जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah