बिष्णुप्रसाद पोखरेल
दमक/झापाको क्षेत्र नं. ५ को प्रदेशसभाको उम्मेदवार पनि टुंगो लागेको छ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठ्ने यस क्षेत्रमा प्रदेशसभा क मा हिक्मत कार्की र ख मा अर्जुन राइ उम्मेदवार बन्ने भएकाछन् । गौरादह नगरपाकिलका सहितका क्षेत्र कार्कीको हो भने दमक र तोपगाछी राइको हो ।
कार्की अनेरास्वबियूका पूर्व केन्द्रि अध्यक्ष तथा अहिलेका एमालेका केन्द्रिय सदस्य हुन् । राइ जिल्ला बिकास समितिका पूर्व सभापति हुन् । उनि एमाले अनुशासन आयोगका सदस्य पनि हुन् । राति अबेरसम्म बसेको बैठकले एमालेले ९७ र माओवादीले ६१ सिट बाँडफाँट गरेका हुन् ।

त्यसबाहेक ७ वटामा राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दलका उमेदवार र सूर्य चिन्ह लिएर प्रतिष्पर्धामा आउन लागेका नेताहरुका लागि छुट्टाइएको छ ।



